अमेरिका-इरान वार्ता : ट्रम्प आशावादी, तेहरानले भन्यो- ‘भ्रामक समाचार’ « Khabarhub

अमेरिका-इरान वार्ता : ट्रम्प आशावादी, तेहरानले भन्यो- ‘भ्रामक समाचार’

इरानलाई शान्तिका लागि ट्रम्पको 'अन्तिम मौका'


१० चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको जारी तनाव अन्त्यका लागि ‘शान्तिको अन्तिम अवसर’ बाँकी रहेको बताएका छन् । दुई देशबीच वार्ताको प्रयास भइरहेको चर्चा चलिरहेका बेला ट्रम्पको यस्तो भनाइ आएको हो ।

राष्ट्रपति ट्रम्पले सम्झौताका लागि ‘महत्त्वपूर्ण प्रगति’ भइरहेको दाबी गरे पनि इरानले भने वार्ताका रिपोर्टहरूलाई ‘फेक न्युज’ भन्दै खण्डन गरेको छ । यसअघि अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पाकिस्तानमा इरानी अधिकारीसँग भेट्न सक्ने चर्चा चलेको थियो ।

ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले कूटनीतिक छलफल अत्यन्तै संवेदनशील हुने भएकाले सञ्चारमाध्यममा आएका अड्कलबाजीकै भरमा निष्कर्षमा पुग्न नहुने स्पष्ट पारेकी छन् । उनले भनिन्, “अवस्था अझै तरल छ, ह्वाइट हाउसले आधिकारिक पुष्टि नगरेसम्म कुनै पनि बैठकलाई अन्तिम मान्न सकिँदैन ।”

अमेरिकाले सञ्चारमाध्यममार्फत कूटनीतिक बार्गेनिङ नगर्ने पनि उनले उल्लेख गरेकी छन् । इरानले भने अमेरिकासँगको वार्ताका विषयमा आएका खबर निराधार रहेको दाबी गर्दै आएको छ ।

प्रकाशित मिति : १० चैत्र २०८२, मंगलबार  ६ : २० बजे

ट्राफिक नियम उलङ्घन गर्ने ४७० सवारीसाधन कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एकै दिन सवारी नियम उलङ्घन गर्ने ४७०

म्याग्दी शिखका पहिरो प्रभावित भन्छन्– ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न सहज भयो’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ किन्दु टोलकी भूमदेवी शेरपुञ्जा पुनले पहिरोका

स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित सङ्गम टोलमा सवारी साधन (स्कुटर)को

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

तनहुँ– तनहुँमा व्यावसायिक तरकारी तथा धान खेतीको क्षेत्रफल विस्तार हुँदै

बागमती नदी सफाइ अभियान जारी

काठमाडौँ– ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ