अमेरिका-इरान वार्ता : ट्रम्प आशावादी, तेहरानले भन्यो- ‘भ्रामक समाचार’ « Khabarhub

अमेरिका-इरान वार्ता : ट्रम्प आशावादी, तेहरानले भन्यो- ‘भ्रामक समाचार’

इरानलाई शान्तिका लागि ट्रम्पको 'अन्तिम मौका'


१० चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको जारी तनाव अन्त्यका लागि ‘शान्तिको अन्तिम अवसर’ बाँकी रहेको बताएका छन् । दुई देशबीच वार्ताको प्रयास भइरहेको चर्चा चलिरहेका बेला ट्रम्पको यस्तो भनाइ आएको हो ।

राष्ट्रपति ट्रम्पले सम्झौताका लागि ‘महत्त्वपूर्ण प्रगति’ भइरहेको दाबी गरे पनि इरानले भने वार्ताका रिपोर्टहरूलाई ‘फेक न्युज’ भन्दै खण्डन गरेको छ । यसअघि अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पाकिस्तानमा इरानी अधिकारीसँग भेट्न सक्ने चर्चा चलेको थियो ।

ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले कूटनीतिक छलफल अत्यन्तै संवेदनशील हुने भएकाले सञ्चारमाध्यममा आएका अड्कलबाजीकै भरमा निष्कर्षमा पुग्न नहुने स्पष्ट पारेकी छन् । उनले भनिन्, “अवस्था अझै तरल छ, ह्वाइट हाउसले आधिकारिक पुष्टि नगरेसम्म कुनै पनि बैठकलाई अन्तिम मान्न सकिँदैन ।”

अमेरिकाले सञ्चारमाध्यममार्फत कूटनीतिक बार्गेनिङ नगर्ने पनि उनले उल्लेख गरेकी छन् । इरानले भने अमेरिकासँगको वार्ताका विषयमा आएका खबर निराधार रहेको दाबी गर्दै आएको छ ।

प्रकाशित मिति : १० चैत्र २०८२, मंगलबार  ६ : २० बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको