काठमाडौँ – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नयाँ सरकार आएसँगै विगतका सरकारी नियुक्ति खाएकालाई पद छाड्न अनुरोध गरेका छन् । उनले विगतमा नियुक्ति खाएकालाई अब लामो सास नफेर्न सल्लाह दिँदै यस्तो बताएका हुन् ।
उनले पछि सरकारले हटायो भन्नुभन्दा अगाडि नै छोडेर स्वाभिमान देखाउन अनुरोधसमेत गरेका छन् ।
‘बहुमतको सरकार बनिरहेको छ, जोस र जागर छ—जनताले पताइसकेका छन्। विगतमा सरकारी नियुक्ति पाएकाहरूले पद छोडे भइहाल्यो नि’, उनले फेसबुकमा लेखेका छन्, ‘अब लामो सास नफेर । सल्लाह पनि नखोज । “हटायो” भन्ने शब्द आउन किन दिने ? नयॅा नजिर बन्न सक्दछ ।’
उनले अन्तिममा लेखेका छन्,– “ स्वाभिमान “ —दौरा–सुरुवाल, कोट, पद, पैसा, निवास, गाडीले सुरक्षा दिएको लोभले बडाएको “कर्तुत” होइन।’













प्रतिक्रिया