हङकङमा अल्ट्रा ट्रेल रनिङ : नेपाली धावक सन्तोष तामाङ दोस्रो « Khabarhub

हङकङमा अल्ट्रा ट्रेल रनिङ : नेपाली धावक सन्तोष तामाङ दोस्रो


१० चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

हङकङ– नेपाली अल्ट्रा ट्रेल रनिङ संघ, हङकङ (HKNUTRA)को आयोजनामा टाइमोसन कन्ट्री पार्कमा अल्ट्रा ट्रेल रनिङ प्रतियोगिता सम्पन्न भएको छ ।

विभिन्न देशका १७६ जना धावकहरूको सहभागिता रहेको प्रतियोगितामा ५० किलोमिटर र १२ किलोमिटर गरी दुई विधामा प्रतिस्पर्धा भएको थियो ।

५० किलोमिटर पुरुषतर्फ हङकङ, चीनका हङ ताम च्याम्पियन भएका छन् । यस्तै, नेपालका सन्तोष तामाङ दोस्रो र बेलायतका तमी युङ तेस्रो भए ।

प्रतियोगितामा महिलातर्फ बेलायतकी हङ क्यु ल्योङ पहिलो, चीनकी पाक ई मङ दोस्रो र भारतकी जुलीयामित लेप्चा भइन् ।

त्यस्तै १२ किलोमिटर पुरुषतर्फ म्याथ्थु क्यारी (बेलायत) पहिलो, यू जेस्पर याम (हङकङ) दोस्रो र जर्म डी क्यालेरन्स (फ्रान्स) तेस्रो भए ।

महिलातर्फ सीउ साङ सान लाउ (हङकङ) चिन पहिलो, इलाने एप्सटोल (फिलिपिन्स) दोस्रो र जेसी याहु (हङकङ) तेस्रो भइन् ।

विजयी धावकहरूलाई नगद, ट्रफी र फिनिसर मेडल प्रदान गरिएको थियो ।

त्यसैगरी विभिन्न उमेर समूह र महिला समूहका पहिलो, दोस्रो र तेस्रो हुने धावकहरूलाई समेत ट्रफीले सम्मान गरिएको थियो ।

सबै प्रतियोगी धावकहरूलाई ब्लू माउन्टेनको एचके डलर १०० को सपिङ कुपन, दौड टिसर्ट, खाजा, फलफूल, हल्का पेय पदार्थ र खानाको व्यवस्था गरिएको थियो । हङकङ तथा विदेशी धावकहरूले आयोजकको व्यवस्थापन उत्कृष्ट रहेको प्रतिक्रिया दिएका छन् ।

प्रतियोगिताको उद्घाटन नेपाली महावाणिज्यदूत डा. विन्देश्वर प्रसाद लेखकले हर्न बजाएर गरेका थिए । उक्त अवसरमा उनले हङकङमा नेपाली समुदायबाट अन्तर्राष्ट्रिय स्तरको दौड प्रतियोगिता हुनु र मासिक रुपमा पदमार्ग सरसफाइ गर्दै आएको संस्थाको कार्यप्रति प्रशंसा गरे ।

कार्यक्रममा किरात याकथुङ चुम्लुङ् केलाङ समूहबाट आफ्नो भाषिक पहिरनमा लिम्बु नृत्य, तामाङ घेदुङबाट पनि आफ्नै जातीय पहिरनमा सेलो नृत्य तथा अरूणा शर्माको एकल नृत्य प्रस्तुत गरिएको थियो ।

आयोजक संस्था (HKNUTRA)ले विगत दुई वर्षदेखि वातावरण संरक्षण र खेलकुदलाई केन्द्रित गर्दै मासिक पदयात्रा सरसफाइ तथा बालबालिकालाई निःशुल्क दौड तालिम जस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

दौड कार्यक्रमको सञ्चालन संस्थाका सचिव बसन्त आम्बुहाङ लिम्बू र चिनियाँ के लिमले गरेका थिए । संस्थाका अध्यक्ष बेदराज लिम्बुले सहभागी धावक र धाविका, सहयोगी व्यक्ति तथा संस्थाहरूप्रति विशेष धन्यवाद ज्ञापन गरे ।

प्रतियोगिताबारे आयोजक संस्था एचके नुट्राका सल्लाहकार तथा धावक राजकुमार राईले यस्ता प्रतियोगिताले मानिसको स्वास्थ्यमा प्रत्यक्ष लाभ हुनुकासाथै नेपाल र नेपालीको प्रतिष्ठालाई विश्वभर फैलाउन मद्दत गर्ने बताए । उनले नेपाली कला–संस्कृति र भेषभूषालाई पनि विश्वमा चिनाउन टेवा पुग्ने बताए ।
– बज्रकुमार राई

प्रकाशित मिति : १० चैत्र २०८२, मंगलबार  १२ : २० बजे

शंकरबेली सिमसारमा दैनिक हजारौँ पर्यटक

धरान– यहाँको रामधुनी नगरपालिका–६स्थित शंकरबेली सिमसार पछिल्ला समय आन्तरिक पर्यटकीय

सशस्त्र प्रहरी बलको स्पष्ट भूमिकासहितको कानुन बन्नेमा विश्वास छ : महानिरीक्षक अर्याल

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बलको स्पष्ट

सभापति गगनले भने : जवाफदेही भएर राजीनामा दिएँ, अब महाधिवेशनबाट सबै कुराको छिनोफानो हुन्छ

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा

अमेरिका–इरान युद्ध रोक्न कसरी मध्यस्थतकर्ताको भूमिकामा आइपुग्यो पाकिस्तान ?

इस्लामावाद- अमेरिका र इजरायलद्वारा इरानविरुद्ध थालिएको युद्धको २४औँ दिनमा पाकिस्तानले

संविधानसभापछि सिंहदरबार फर्कँदै संसद्

काठमाडौं– मुलुकमा संविधानसभा सदस्यको निर्वाचनपछि २०६५ जेठदेखि सिंहदरबारभन्दा बाहिर बस्दै