इरानमाथि आक्रमण : अमेरिकी रक्षामन्त्रीले लिएका थिए अग्रसरता, उपराष्ट्रपति भान्स छैनन् सन्तुष्ट « Khabarhub

इरानमाथि आक्रमण : अमेरिकी रक्षामन्त्रीले लिएका थिए अग्रसरता, उपराष्ट्रपति भान्स छैनन् सन्तुष्ट


१० चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनालल्ड ट्रम्पले आफ्ना रक्षामन्त्री पेट हेगसेथ इरानविरुद्ध सैन्य कारबाहीको पक्षमा सबैभन्दा पहिले अघि आएको बताएका छन्।

हेगसेथले इरानलाई परमाणु हतियार बनाउनबाट रोक्न आवश्यक भएकाले कारबाही गर्नुपर्ने धारणा राखेका उनले बताए । यस युद्धमा रक्षामन्त्री हेगसेथ सक्रिय रूपमा अगाडि देखिएका छन्।

उनले अमेरिकाको लक्ष्य इरानको मिसाइल, ड्रोन र नौसैनिक क्षमतालाई समाप्त गर्नु रहेको बताएका छन्। तर युद्ध कहिले समाप्त हुन्छ भन्नेबारे उनले स्पष्ट बताएका छैनन्।

सरकारभित्र यस विषयमा पूर्ण सहमति छैन। ट्रम्पले उपराष्ट्रपति जेडी भान्स यस निर्णयप्रति पूर्ण रूपमा सन्तुष्ट नरहेको स्वीकार गरेका छन्, यद्यपि उनले खुला विरोध गरेका छैनन्।

अमेरिकाका केही अधिकारीहरूले युद्धको समर्थन गरेका छन् भने केही यसको विपक्षमा छन्। यसैबीच एक उच्च अधिकारीले राजीनामासमेत दिएका छन्।

इरानको अडान

उता अमेरिकी युद्ध खेपिरहेको इरानले हालको द्वन्द्वमा पछि नहट्ने र क्षतिपूर्ति नपाएसम्म युद्ध जारी राख्ने जनाएको छ।

इरानी सर्वोच्च नेता मोज्ताब खामेनेईका वरिष्ठ सैन्य सल्लाहकार मोहसेन रेजाइले इरानका सर्तहरू स्पष्ट रहेको बताएका छन्।

उनले सबै आर्थिक प्रतिबन्ध हटाइनु पर्ने र भविष्यमा अमेरिकाले हस्तक्षेप नगर्ने ठोस ग्यारेन्टी दिनु पर्ने माग गरेका छन् ।

रेजाइले टेलिभिजनमार्फत दिएको वक्तव्यमा इरानी सेनाले पूर्ण शक्तिका साथ देशको रक्षा अभियान सञ्चालन गरिरहेको उनलले बताएका छन् ।

नयाँ सर्वोच्च नेताको नेतृत्वमा देशको अवस्था मजबुत रूपमा सम्हालिएको पनि उनले बताएका छन्।

यसअघि इरानी संसद्का सभामुख मोहम्मद बाघेर घलीबाफले पनि देशका नागरिकहरूले आक्रमणकारीलाई कडा सजाय दिनुपर्ने माग गरिरहेको बताएका थिए।

प्रकाशित मिति : १० चैत्र २०८२, मंगलबार  १ : १५ बजे

झापामा ‘बर्ड फ्लु’को प्रकोप : पक्षीजन्य वस्तु ओसार–पसारमा रोक

झापा– यहाँका दमक नगरपालिका र झापा गाउँपालिकामा व्यावसायिक रूपमा पालिएका

बजेट अभावमा विद्यालय भवन अधुरो, टिनले बारिएको कोठामा पढ्दै विद्यार्थी

पर्वत– दक्षिण यहाँको बिहादी गाउँपालिकाको एक आधारभूत विद्यालयको भवन निर्माण

भीरबाट लडेर एक बालिकाको मृत्यु

बागमती– मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ स्थित चुत्रोघारीडाँडा जंगलमा भीरबाट लडेर एक बालिकाको

निर्माण व्यवसायीले काम नगर्दा हरिचौर–मल्म–पाण्डवखानी सडक अधुरो

गलकोट– दुई वर्षमा काम सम्पन्न गर्ने सम्झौतामा ठेक्का लागेको हरिचौर–मल्म–पाण्डवखानी

समपूरक र विशेष अनुदान लिन तीन हजार पाँच सय आयोजना प्रस्ताव

काठमाडौं– आगामी आर्थिक वर्ष २०८३-८४ का लागि सङ्घीय सरकारबाट समपूरक