सशस्त्र प्रहरी बलको स्पष्ट भूमिकासहितको कानुन बन्नेमा विश्वास छ : महानिरीक्षक अर्याल « Khabarhub

सशस्त्र प्रहरी बलको स्पष्ट भूमिकासहितको कानुन बन्नेमा विश्वास छ : महानिरीक्षक अर्याल


१० चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बलको स्पष्ट भूमिकासहितको कानुन बन्ने विश्वास व्यक्त गरेका छन्

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ९ पशुपतिनाथ वाहिनी मुख्यालयको २२ औँ वार्षिकोत्सवका अवसरमा मंगलबार नयाँ बानेश्वरमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले यसअघि संगठनको स्पष्ट भूमिकासहितको कानुनको मस्यौदा सरकारलाई पठाए पनि कानुन बन्न नसकेको भन्दै अबको नयाँ संसद्ले स्पष्ट अधिकार र भूमिकासहितको कानुनलाई अघि बढाउने विश्वास व्यक्त गरेका हुन् ।

उनले भाद्र २३ र २४ को घटनादेखि निर्वाचन सम्पन्न गर्ने अवस्थासम्म सशस्त्र प्रहरीले खेलेको प्रभावकारी भूमिका कारण देश स्थिरतामा हिँड्न सुरु गरेको उल्लेख गरे ।

सबै सुरक्षा निकायका कारण देशमा एक थोपा रगत नबगी निर्वाचन गर्न सफल भएको भन्दै अर्यालले आगामी दिनमा देशको लागि रक्षा गर्नुको लागि सुरक्षा फौज तयार, तत्पर र सक्षम रहेको धारणा राखे । उनले संगठनभित्र सिनियरिटी सँगसँगै आफ्नो कार्यदक्षता र कार्यकुशलता अव्वल भएकालाई नेतृत्वमा पुराउने लक्ष्य लिइएको बताए ।

कार्यक्रममा पशुपतिनाथ वाहिनी मुख्यालयका सशस्त्र प्रहरी कर्मचारीहरूलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । 

भिडियोमा हेर्नुहोस् :

प्रकाशित मिति : १० चैत्र २०८२, मंगलबार  २ : ०६ बजे

एनएमबि बैंकद्वारा ‘ग्लोबल मनी वीक २०२६’ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं– एनएमबि बैंकले ग्लोबल मनी वीक २०२६ को अवसरमा देशभर

निफमा ‘रसियन फिल्म डेज’ हुने, यी चार फिल्म स्क्रिनिङ हुँदै

काठमाडौं – चैत १९ देखि २३ सम्म हुन लागेको नवौं

नेप्से परिसूचक २३ अंकले बढ्यो

काठमाडौं– यो साता कारोबारको लगातार तेस्रो दिन नेपाल स्टक एक्सचेञ्ज

वीरगञ्ज आइपुग्यो ‘जाउँ है पोखरा’ अभियान

वीरगञ्ज– पर्यटकीय नगरी पोखराका पर्यटन व्यवसायीले पोखराको पर्यटन प्रवर्द्धनका लागि

हर्क भन्छन् : रास्वपालाई चाहिए दुईतिहाइ पुर्‍याइदिन्छौँ, सरकारमा जाने म्यान्डेट छैन

काठमाडौं- श्रमसंस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशका लागि राम्रो काम