काठमाडौं– इनड्राइभले ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियानका विजेताहरूलाई काठमाडौंमा आयोजित कार्यक्रममार्फत पुरस्कार वितरण गरेको छ । १५ डिसेम्बर २०२५ देखि ४ जनवरी २०२६ सम्म सञ्चालन भएको तीन साताको यस अभियानमा चालक साझेदारहरूको उत्साहजनक सहभागिता देखिएको थियो ।
इनड्राइभका अनुसार साप्ताहिक चुनौतीहरू, आकर्षक प्रोत्साहन तथा दुईवटा प्रमुख ग्रान्ड पुरस्कारमार्फत अभियानले उत्कृष्ट र प्रतिबद्ध चालक साझेदारहरूको योगदानलाई उच्च मूल्याङ्कन गरेको छ ।
अभियानका प्रमुख विजेताहरू यसप्रकार छन् :
· टाटा एक्सप्रेस-टी ईभी (क्याब चालक श्रेणी) : तुम बहादुर थापा मगर
· टीभीएस राइडर (बाइक/मोटो राइडर श्रेणी) : अशेष मगर
उक्त दुवै विजेताहरू तीनै हप्ताभर निरन्तर प्लेटिनम स्तर कायम राख्दै सबै मापदण्ड पूरा गर्ने चालक साझेदारहरूबाट छनोट भएका हुन् ।
कार्यक्रममा ग्रान्ड पुरस्कारका अतिरिक्त, अभियानअन्तर्गत विभिन्न साप्ताहिक पुरस्कारहरू पनि वितरण गरिएको थियो जसमा,
● १५ जना विजेतालाई रेडमी नोट १४ ५जी स्मार्टफोन
● ३० जना विजेतालाई अल्टिमा एटम १९२ ब्लुटुथ इयरबड्स
● ३० जना विजेतालाई अल्टिमा सर्कल स्मार्ट वाच
● १,५०० जना विजेतालाई पेट्रोल भौचर
पुरस्कार प्राप्तिपछि प्रतिक्रिया दिँदै तुम बहादुरले भने, ‘हाम्रो मेहनत र समर्पणको कदर गरेकोमा म इनड्राइभप्रति हार्दिक आभारी छु । प्लेटिनम स्तर कायम राख्न निरन्तरता, अनुशासन र उत्कृष्ट सेवा आवश्यक हुन्छ। यो उपलब्धिले आगामी दिनमा अझ राम्रो सेवा दिन प्रेरणा दिएको छ ।’
त्यसैगरी, राइडर साझेदार अशेषले भने, ‘ग्रान्ड पुरस्कार जित्न पाउँदा निकै खुशी लागेको छ। यस अभियानले आफ्नो प्रदर्शन सुधार गर्न र सेवा स्तर कायम राख्न प्रेरित गरेको छ। यो उपलब्धि मेरो र मेरो परिवारका लागि गर्वको विषय हो।’
इनड्राइभकी सिनियर ड्राइभर अपरेसन स्पेशलिस्ट सुनीता जीमी राईले भनिन्, ‘हाम्रा चालक साझेदारहरू नै नेपालमा इनड्राइभको सफलताको आधार हुन् । उहाँहरूको समर्पणको सम्मान गर्दै हामीले ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियान सञ्चालन गरेका हौँ । यस अभियानले चालक साझेदारहरूको जीवनमा सकारात्मक प्रभाव पार्दै उनीहरूलाई सशक्त बनाउन सहयोग गरेको छ।’













प्रतिक्रिया