अमेरिका लैजाने लोभ देखाएर ठगेको आरोपमा ‘तेल भिसा’का निर्माता पक्राउ « Khabarhub

अमेरिका लैजाने लोभ देखाएर ठगेको आरोपमा ‘तेल भिसा’का निर्माता पक्राउ


१० चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म निर्माता शिवराज कार्की प्रकाउ परेका छन् । उनी ठगीको आरोपमा मंगलबार स्वयम्भू नजिकबाट पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई नियन्त्रणमा लिएको हो ।

‘अमेरिका लगिदिन्छु भने व्यक्तिहरूसँग पैसा उठाएर’ कारण उनलाई प्रकाउ गरिएको प्रहरीले बताएको छ ।

शिवराजको स्थायी ठेगना सिन्धुली हो । उनी पछिल्लो समय भारतमा रहेको प्रहरीले बताएको छ ।

उनी फिल्म ‘तेल भिसा’का निर्माता हुन् । यो फिल्मको केही प्रतिशत छायाङ्कन अमेरिकामा नै भएको थियो ।

यसअघि यस फिल्मकी नायिका ऋचा घिमिरे र निर्देशक शंकर घिमिरेविरुद्ध पनि यही प्रकृतिको उजुरी परेको थियो । ऋचा र शंकार दम्पती हुन् । उनीहरू अमेरिकामा बस्दै आएका छन् ।

प्रकाशित मिति : १० चैत्र २०८२, मंगलबार  ५ : ३१ बजे

भारतको बिहारमा पटाका बनाउने क्रममा विस्फोट, पाँच जनाको मृ*त्यु

भारत– भारतको बिहार राज्यस्थित सीवान जिल्लाको आलमपुर गाउँमा पटाका बनाउने

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले

मकवानपुरमा ५२ सवारी दुर्घटना, छ जनाको मृत्यु

बागमती– मकवानपुर जिल्लामा असोज महिनामा ५२ वटा सवारी दुर्घटना भएका

बाजुराको चारवटा वडा सडक सञ्जालको पहुँच बाहिर

बाजुरा– जिल्लाका चारवटा वडामा अझै सडक सञ्जालको पहुँच पुग्न सकेको