युक्रेनमा भएको रुसी आक्रमणमा पाँच जनाको मृत्यु « Khabarhub

युक्रेनमा भएको रुसी आक्रमणमा पाँच जनाको मृत्यु


१० चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

युक्रेन– युक्रेनमा मंगलबार भएको रूसी मिसाइल र ड्रोन आक्रमणको कारण पाँच जनाको मृत्यु भएको क्षेत्रीय अधिकारीहरूले बताएका छन् ।

पोल्तावा क्षेत्रमा दुई जना र जापोरिझिया, खेरसन र खार्किवमा एक–एक जनाको मृत्यु भएको जनाइएको छ । आक्रमणको पूर्वसन्ध्यामा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले  रुसीहरूले ठूलो आक्रमणको तयारी गरिरहेको हुन सक्ने गुप्तचरबाट जानकारी पाएको चेतावनी दिएका छन् ।

खेरसन सहरको सैन्य प्रशासनका प्रमुख यारोस्लाव सान्कोले खेरसनका एकजना बासिन्दाको आफ्नै घरमा पनि मृत्यु भएको बताए । 

मिडियाले मङ्गलबार क्षतिग्रस्त आवासीय भवनहरूका तस्बिरहरू प्रकाशित गरेको छ । पोल्टावा क्षेत्रमा दुई जनाको मृत्यु हुनुका साथै सात जना घाइते भएको आपतकालीन सेवाले जनाएको छ ।

क्षेत्रीय सैन्य प्रशासनका प्रमुख ओलेक्सान्डर गान्जाका अनुसार रुसले ड्निप्रोपेट्रोभस्क क्षेत्रका दुई जिल्लाहरूलाई २० पटक भन्दा बढी आक्रमण गरेको छ ।
सुमीमा मिनीबसका चालक गाडीमा ड्रोनले प्रहार गर्दा घाइते भएको क्षेत्रीय सैन्य प्रशासनका प्रमुखले बताए । 

रुसको रक्षा मन्त्रालयले हवाई सुरक्षाले यस अघि विभिन्न क्षेत्रहरूमा ५५ वटा युक्रेनी फिक्स–विङ मानव रहित हवाई आक्रमणहरू रोकेको जनाएको छ ।
 

प्रकाशित मिति : १० चैत्र २०८२, मंगलबार  ४ : ३९ बजे

‘एचई उच्च शिक्षा र्‍याङ्किङ’मा काठमाडौं विश्वविद्यालय १२२औँ स्थानमा

काठमाडौं– संयुक्त राज्य अमेरिकास्थित एक संस्थाले सार्वजनिक गरेको ‘एचई उच्च शिक्षा

निलम्बित सहसचिव झलकरामसँग विशेषले माग्यो २५ लाख धरौटी

काठमाडौं – विशेष अदालतले भ्रष्टाचार र सम्पत्ति शुद्धिकरणको आरोप लागेका सहसचिव

निर्वाचनमा प्रयोग नभएका चालीस प्रतिशत मतपत्र धुल्याइने

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रयोग

अस्ताउँदो सूर्यलाई अर्घ दिँदै मनाइयो चैती छठ 

काठमाडौं– अस्ताउँदो सूर्यलाई अर्घ दिँदै मंगलबार चैती छठ पर्व मनाइएको

उपराष्ट्रपति यादवसँग प्रदेश प्रमुखहरूको सामूहिक भेट

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङ, बागमती