सुन्दरताको परिभाषा बदल्दै मनिषा « Khabarhub

सुन्दरताको परिभाषा बदल्दै मनिषा


१० चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं— ग्ल्यामरको दुनियाँमा नायिकाहरुलाई सुन्दर देखिन निकै ठूलो दबाब हुन्छ । अनुहारको चाउरीपन लुकाउन र सेतो कपाल ढाक्न महँगा कस्मेटिक र सर्जरीमा ठूलो धनराशि खर्च गर्ने चलन पुरानै हो । उमेर बढ्दै जाँदा ‘बूढी’ वा ‘कुरुप’ भनेर सामाजिक लाञ्छना लाग्ने भएका कारण धेरै कलाकारहरू आफ्नो प्राकृतिक रूप लुकाउन बाध्य हुन्छन् ।

तर अभिनेत्री मनिषा कोइरालाले यो स्थापित मान्यतालाई चुनौती दिँदै सुन्दरताको नयाँ परिभाषा दिएकी छिन् । हालै सामाजिक सञ्जालमा आफ्ना सेताम्मे फुलेका कपाल र अनुहारका स्वाभाविक रेखाहरू सहितका तस्बिरहरू पोस्ट गर्दै उनले आफू ५५ वर्ष पुगेको र यो उमेरलाई खुसीसाथ स्वीकार गरिरहेको बताएकी छिन् ।

नायिकाहरुले बोटोक्स र फिलर्सको सहारा लिइरहेका बेला मनिषाले भने ‘एजिङ विथ ग्रेस’ अर्थात् मर्यादित ढङ्गले उमेरलाई स्वीकार्ने साहस देखाएकी छिन् । हालै भारतमा आयोजित एक कार्यक्रममा पनि उनी गुलाबी साडी, मोतीको माला र फुलेकै कपालमा निकै आत्मविश्वासी देखिएकी थिइन् । उनको यो सादगीपनले धेरैको ध्यान खिचेको छ । धेरैले उनको प्रसंशा पनि गरिरहेका छन् ।

क्यान्सरजस्तो गम्भीर रोगलाई जितेकी मनिषाका अनुसार वास्तविक सुन्दरता स्वास्थ्य र मानसिक शान्तिमा लुकेको हुन्छ । उनी उमेरलाई एउटा संख्या मात्र मान्छिन् र अनुहारका रेखाहरूले मानिसको अनुभव र संघर्षको कथा बोल्ने विश्वास गर्छिन् ।

कृत्रिम सुई र केमिकलभन्दा स्वस्थ जीवनशैली र खुसी रहनु नै सबैभन्दा ठूलो ‘मेकअप’ भएको उनको बुझाइ छ । आजको फिल्टर र डिजिटल इडिटिङको युगमा मनिषाको यो प्राकृतिक स्वरूप धेरैका लागि प्रेरणा बनेको छ ।

प्रकाशित मिति : १० चैत्र २०८२, मंगलबार  ७ : ०९ बजे

जलवायु परिवर्तनले अष्ट्रेलियाका वन्यजन्तु र वातावरणमा तीव्र क्षति : प्रतिवेदन

क्यानबेरा – अष्ट्रेलियाको वातावरण सन् २०२५ मा औसतभन्दा राम्रो देखिए

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सुरु भएको

रुखले च्यापिएर वृद्धको मृत्यु

पर्वत – पर्वतको बिहादी गाउँपालिका–१ बाच्छामा रुख काट्ने क्रममा ढलेको

बालेन सरकारका सामुन्ने आर्थिक चुनौतीको चाङ, सम्भावना र अवसर पनि उत्तिकै

काठमाडौं– केही दिनभित्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट बालेन्द्र