मोरङमा बर्ड फ्लु फैलिँदा सम्बन्धित निकायको ढिलासुस्ती, जोखिम बढ्दो « Khabarhub

मोरङमा बर्ड फ्लु फैलिँदा सम्बन्धित निकायको ढिलासुस्ती, जोखिम बढ्दो


१० चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मोरङमा बर्ड फ्लु संक्रमण तीव्र रूपमा फैलिँदै जाँदा पनि सम्बन्धित निकायको ढिलासुस्ती र लापरबाहीका कारण जोखिम झन् बढ्दै गएको देखिएको स्थानीयले गुनासो गरेका छन् ।

बर्ड फ्लु नियन्त्रण नियमावली–२०७८ अनुसार संक्रमण पुष्टि भएलगत्तै प्रभावित क्षेत्र चार किल्ला तोकेर आवतजावत तथा पंक्षीजन्य पदार्थको ओसारपोसारमा पूर्ण प्रतिबन्ध लगाउनुपर्ने व्यवस्था भए पनि मोरङमा त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । 

विराटनगर महानगरपालिका–४ स्थित दाहाल कृषि फर्ममा गत बुधबारदेखि कुखुरा मर्न सुरु भएको थियो । फर्म सञ्चालक बोधराज दाहालले कारण पत्ता लगाउन मृत कुखुरा पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा बुझाएका थिए । शनिबारसम्ममा करिब ३ हजार कुखुरा मरिसकेका थिए भने आइतबार बिहान मात्र बर्ड फ्लु पुष्टि भएको रिपोर्ट प्राप्त भयो ।

संक्रमण पुष्टि हुन करिब ४ दिन लागेको र त्यसपछि पनि नियन्त्रणका लागि आवश्यक कदम चाल्न थप समय लाग्दा उक्त क्षेत्रमा ६ दिनसम्म कुनै सुरक्षा सतर्कता अपनाइएको थिएन । सम्बन्धित निकायको ढिलासुस्ती र लापरबाहीका कारण संक्रमण फैलने जोखिम अझ बढाएको दाहाल कृषि फर्मका सञ्चालक बोधराज दाहालले बताए । 

हाल मोरङका सुन्दरहरैंचा, उर्लाबारी, कटहरी र विराटनगर क्षेत्रमा बर्ड फ्लुका कारण करिब ५५ हजार कुखुरा नष्ट गरिसकिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, विराटनगरले जनाएको छ । अन्य स्थानबाट पनि कुखुरा मर्ने घटनाको रिपोर्ट आउने क्रम जारी रहेको र परीक्षण भइरहेको बताइएको छ ।

पन्छीरोग विज्ञ डा. मनिष कुमार साहले मापदण्ड विपरीत कुखुरा फर्म सञ्चालन हुनु र आवश्यक जैविक सुरक्षा बायोसेक्युरिटी नअपनाइनु संक्रमण फैलिनुको मुख्य कारण भएको बताए ।

नियमावली अनुसार प्रभावित क्षेत्र घोषणा गरी कडाइका साथ नियन्त्रण उपाय लागू गर्नुपर्ने भए पनि त्यसको पालना नहुँदा संक्रमण अन्य क्षेत्रमा फैलिने खतरा बढेको विज्ञहरूको चेतावनी छ ।

संक्रमण नियन्त्रणमा ढिलाइ, नियमावलीको कमजोर कार्यान्वयन र किसानको बढ्दो क्षतिले मोरङमा बर्ड फ्लु संकट थप गम्भीर बन्दै गएको छ ।

प्रकाशित मिति : १० चैत्र २०८२, मंगलबार  ६ : ३२ बजे

रास्वपा सांसद लिमाले भनिन्- जनमतको सम्मान गर्दै काम गर्छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले जनताले

बेमौसमी वर्षाले रूपन्देहीका इँटा उद्योगमा करोडौँको क्षति

सिद्धार्थनगर–  बेमौसमी वर्षासँगै आएको हावाहुरीका कारण रूपन्देहीका इँटा उद्योगमा करोडौँको

शपथपछि हर्कले भने- प्रतिपक्षीमा बसेर सरकारलाई सहयोग गर्छौँ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले आफ्नो पार्टी प्रतिपक्षीमा

चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने पाँच जना पक्राउ

काठमाडौं– प्रहरीले चोरी तथा सुनका गरगहनाको स्वरूप परिवर्तन गर्ने अपराधमा

यूएईको आबु धाबीमा क्षेप्यास्त्रको भग्नावशेष खस्दा दुई जनाको मृत्यु

आबु धाबी- संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी आबु धाबीमा