म कुनै वैकल्पिक बाटो प्रयोग गरेर सरकारमा जान लागेको छैन : कुलमान घिसिङ « Khabarhub

म कुनै वैकल्पिक बाटो प्रयोग गरेर सरकारमा जान लागेको छैन : कुलमान घिसिङ


१० चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नयाँ बन्ने सरकारमा आफ्नो सहभागिता हुने भन्दै हल्ला फैलाइएको भन्दै ध्यानाकर्षण गराएका छन् ।

घिसिङले मंगलबार साँझ फेसबुकमार्फत नेपालको संविधानअनुसार गैरसांसद मन्त्री बन्न नमिल्ने र वैकल्पिक बाटोबाट पनि आफू सरकारमा नजाने प्रष्ट पारेका हुन् ।

‘नयाँ बन्न लागेको सरकारमा मेरो सहभागिताबारे केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा भइरहेका टिकाटिप्पणीप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले भने, ‘नेपालको संविधानअनुसार गैर–सांसद व्यक्ति मन्त्री बन्न सक्दैन भन्ने कुरा स्मरण गराउन चाहन्छु । जनताबाट प्राप्त जनादेश विपरीत अन्य कुनै पनि वैकल्पिक बाटोबाट सांसद बनेर मन्त्री बन्ने कल्पना समेत गर्न सकिँदैन । यस सन्दर्भमा, सरकारमा सहभागिताबारे मेरो अहिलेसम्म कोहीसँग कुनै छलफल नभएको प्रष्ट पार्दछु ।’

उनले चुनावी परिणामलाई सम्मान गर्दै पार्टीलाई थप सुदृढ बनाउनेतर्फ केन्द्रित भएको नि बताए । ‘हामी चुनावी परिणामलाई सम्मान गर्दै, त्यसबाट पाठ सिक्दै, उज्यालो नेपाल पार्टीलाई थप सुदृढ बनाउने अभियानमा केन्द्रित छौं। सुशासन र समृद्धिसहितको उज्यालो नेपाल निर्माणप्रति हाम्रो प्रतिबद्धता अटल छ,’ उनले भने, ‘हाम्रा विरुद्ध फैलाइएका गलत प्रचारको भ्रममा नपर्न सम्पूर्णमा अनुरोध गर्दछु ।’
चुनावअघि घिसिङ नेतृत्वको पार्टी रास्वपासँग एकता गरेको थियो । तर, केही दिनमै एकता भंग भएर उनी छुटेका थिए । रास्वपाले भने चुनावमा झन्डै दुई तिहाइ सिट ल्यायो भने उज्यालो नेपाल पार्टीले थ्रेस होल्ड कटाउन मात्रै होइन एक सांसद पनि जित्न सकेन ।

प्रकाशित मिति : १० चैत्र २०८२, मंगलबार  ९ : ३९ बजे

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित

हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव

एजेन्सी– साउदी अरेबियाले यमनका हुथी विद्रोहीसँग युद्धविराम कायम गर्न र

एनपीएल क्रिकेट : टस जितेको विराटनगरले पहिले बलिङ गर्दै

काठमाडौँ– नेपाल प्रिमियर (एनपीएल) अन्तर्गत चितवन राइनोज र विराटनगर किङ्ग्सबीच

निर्वाचित सरकारलाई पूरा कार्यकाल काम गर्न दिऊँ : बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले निर्वाचित सरकारलाई संविधानको परिधिभित्र रहेर पूरा

जग्गा कित्ताकाट खुलाउन भूमिमन्त्रीसँग व्यवसायीको माग

चितवन– चितवनका जग्गा तथा आवास व्यवसायीले भूमि व्यवस्था, सहकारी, सङ्घीय