कीर्तिपुरमा मरेका कागमा बर्डफ्लु पुष्टि « Khabarhub

कीर्तिपुरमा मरेका कागमा बर्डफ्लु पुष्टि


१० चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा मृत भेटिएको कागमा बर्डफ्लु संक्रमण पुष्टि भएको छ । त्रिवि परिसरमा मृत फेला परेका ६८ वटा काग संकलन गरी परीक्षण गर्दा बर्ड फ्लु संक्रमण पुष्टि भएको हो ।

कीर्तिपुर नगरपालिका र पशु स्वास्थय विभागको संयुक्त टोलीले यसबारे अनुसन्धान गरेको थियो । संकलन भएका ६८ वटै कागलाई पुरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाकी पशुसेवा प्रमुख सुशीला गैरेका अनुसार त्रिवि परिसरमा अझै केही काग मरेको अवस्थामा रहेको जानकारी आएको उक्त कागहरू बुधबार संकलन गरिनेछ ।

उनका अनुसार शाखामा एक साताअघि स्थानीयले त्रिविको वीरेन्द्र राज्याभिषेक उद्यानमा कागहरू मरेको खबर गरेका थिए।

गैरेका अनुसार परीक्षणका लागि १० वटा मृत काग पशुसेवा विभागको प्रयोगशालामा पठाइएको थियो। प्रयोगशालामा परीक्षण गरेपछि ती कागमा बर्डफ्लु पुष्टि भएको हो। त्यसपछि नगरपालिका र पशुसेवा विभागका टोलीले आज मरेका काग सङ्कलन गर्ने निर्णय गरेको थियो।

साथै सोही स्थानमा अन्य पंक्षी मृत भेटिएमा सोको नमूना सङ्कलन गर्न निर्देशन पनि टोलीलाई दिइएको थियो। सोहीअनुसार आज अपराह्न ३ बजेदेखि मृत काग सङ्कलन गर्न थालिएको थियो।

उद्यानमा अन्य चरा भने त्यसरी मरेको नभेटिएको प्रमुख गैरेले बताइन्।

प्रकाशित मिति : १० चैत्र २०८२, मंगलबार  १० : ४१ बजे

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित

हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव

एजेन्सी– साउदी अरेबियाले यमनका हुथी विद्रोहीसँग युद्धविराम कायम गर्न र

एनपीएल क्रिकेट : टस जितेको विराटनगरले पहिले बलिङ गर्दै

काठमाडौँ– नेपाल प्रिमियर (एनपीएल) अन्तर्गत चितवन राइनोज र विराटनगर किङ्ग्सबीच

निर्वाचित सरकारलाई पूरा कार्यकाल काम गर्न दिऊँ : बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले निर्वाचित सरकारलाई संविधानको परिधिभित्र रहेर पूरा

जग्गा कित्ताकाट खुलाउन भूमिमन्त्रीसँग व्यवसायीको माग

चितवन– चितवनका जग्गा तथा आवास व्यवसायीले भूमि व्यवस्था, सहकारी, सङ्घीय