चलचित्र महोत्सवमार्फत ‘गन्तव्य कर्णाली’ अभियान थालनी « Khabarhub

चलचित्र महोत्सवमार्फत ‘गन्तव्य कर्णाली’ अभियान थालनी


११ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली–  ‘घुमौँ कर्णाली, हेरौँ कर्णाली’ भन्ने नारासहित कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमार्फत ‘गन्तव्य कर्णाली’ अभियान थालनी गरिएको छ ।

सुर्खेत वीरेन्द्रनगरमा बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत महोत्सव निर्देशक चक्रबहादुर चन्दले चलचित्रको माध्यमबाट नेपाली चलचित्रको प्रवर्द्धन र विकाससँगै कर्णालीमा चलचित्र पर्यटनको सम्भावनालाई उजागर गर्ने एवं जलवायु परिवर्तनसम्बन्धी जनचेतना फैलाउने उद्देश्यका साथ तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८३ आयोजना गर्न लागिएको जानकारी दिए।

उनले भने, ‘तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८३ मार्फत नेपालको कर्णाली क्षेत्रलाई केन्द्रबिन्दु बनाई सहरदेखि गाउँसम्म चलचित्र र पर्यटन जोड्न विविध गतिविधि सञ्चालन गर्छौँ । यहाँ प्रचुर सम्भावना भए पनि पर्यटन विकास र चलचित्रसँग सम्बन्धित गतिविधिहरू प्रायः शून्य छन् ।’

कर्णालीका अनगिन्ती कथा, जीवनशैली, भाषा, वेशभूषा, कला, संस्कृति, साहित्य, परम्परा र रीतिरिवाजलाई संरक्षण र प्रवर्द्धनका लागि राज्यको भूमिका प्रायः शून्य रहेको स्थितिलाई मध्यनजर गर्दै जनजनमा नेपाली चलचित्र, मनमनमा नेपाली चलचित्र भन्ने अभियानका साथ कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमार्फत ‘गन्तव्य कर्णाली’ अभियानको थालनी गरिएको निर्देशक चन्दले बताए । 

साहित्यकार, लेखक तथा महोत्सवका सल्लाहकार महेन्द्र मल्लले कर्णालीका लुकेका कथालाई उजागर गर्ने उद्देश्यले चलचित्र कथा प्रतियोगिताको घोषणा गरी विज्ञहरूबाट कथा छनोट कार्य भइरहेको बताए। उनले कर्णालीको मौलिकता झल्कने, कल्पनामा नभई यथार्थतामा आधारित कथाहरूलाई प्राथमिकतामा राखेर छनोट गरिने र उत्कृष्ट कथा लेखन लागि एक लाख राशि प्रदान गरिने जनाए ।

खासगरी पर्यटन प्रवर्द्धन, सांस्कृतिक उजागर, सामाजिक रूपान्तरण, आर्थिक समृद्धि, अन्तर्राष्ट्रिय पहिचान, सिनेमाको पहुँच वृद्धि गर्न र कर्णालीलाई चलचित्र पर्यटन तथा छायांकनको हब बनाउन चलचित्र छायांकन गर्न आउने स्थिति निर्माण गर्न यो महोत्सवले ठूलो योगदान दिने अपेक्षा गरिएको छ । सुर्खेतबाट शुभारम्भ गरिएको महोत्सव सल्यानको कुपिण्डे ताल, रुकुमपश्चिम, जाजरकोट, दैलेख, कालीकोट हुँदै जुम्लामा पुगेर समापन गरिने आयोजकले जनाएको छ ।

मप विश्वविद्यालयमा ‘बहुविषयमा अन्तर्राष्ट्रिय सम्मेलन’ हुँदै

कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा अवस्थित मध्यपश्चिम विश्वविद्यालयमा आजदेखि ‘बहुविषयमा अन्तर्राष्ट्रिय सम्मेलन–२०२६’ हुने भएको छ । भारतको बिरला ग्लोबल युनिभर्सिटीसँगको सहकार्यमा मध्यपश्चिम विश्वविद्यालयले वैशाख ११–१३ गतेसम्म सम्मेलनको आयोजना गर्ने भएको हो।

‘इन्टरडिस्प्लिनियरी सिनर्जिज फर अ सस्टेनेबल फ्युचर इन द एज अफ एआइ एन्ड डिजिटल ट्रान्सफरमेसन’ भन्ने मूल नारामा आधारित रहेर नेपालको उच्च शिक्षा, अनुसन्धान संस्कृति, अन्तर्राष्ट्रिय सहकार्य, क्षेत्रीय विकास र नीति संवादलाई एउटै साझा मञ्च जोड्ने प्रयासअनुरुप सम्मेलनको आयोजना गरिएकोबारे बिहीबार पत्रकार सम्मेलनमार्फत विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशनालयका कार्यकारी निर्देशक डा यदुप्रसाद ज्ञावलीले जानकारी दिए ।

कृत्रिम बुद्धिमत्ता, डिजिटल रुपान्तरण र दिगोपनासम्बन्धी नयाँ अवधारणा विकास, शिक्षा, प्रविधि, शासन, अर्थतन्त्र र समाजका जटिल समस्यालाई अन्तरविषयगत दृष्टिकोणबाट विश्लेषण, अन्तर्राष्ट्रिय अनुसन्धान सहकार्य तथा साझेदारी विस्तार र प्रमाण आधारित नीति निर्माणका लागि सिफारिसहरू गर्ने लक्ष्यसहितको उद्देश्य प्राप्तिका लागि तीन दिनसम्म सम्मेलन सञ्चालन हुने उनले बताए।

उनले भने, ‘सम्मेलन सात प्रमुख विषयमा केन्द्रित हुनेछ । कृषि, वातावरण तथा खाद्य सुरक्षा, शिक्षा तथा मानव विकास, कानुन, नीति तथा सुशासन, व्यवस्थापन, अर्थशास्त्र तथा उद्यमशीलता, स्वास्थ्य तथा जनसङ्ख्या, विज्ञान, प्रविधि तथा इन्जिनियरिङ र सामाजिक विज्ञान तथा मानविकीलगायत विषयअन्तर्गत ३४४ भन्दा बढी अनुसन्धानपत्रहरू प्रस्तुत गरिनेछ ।

कार्यकारी निर्देशक डा. ज्ञावलीका अनुसार सम्मेलनमा २१ देशको प्रतिनिधित्व, पाँच सयभन्दा बढी सहभागी, ३४४ भन्दा बढी अनुसन्धानपत्र प्रस्तुति, विश्वस्तरीय वक्ता, उपकुलपतिहरूको राउन्ड टेबल, डायोस्परासम्बन्धी आर्थिक उद्यमशीलताको छलफल हुनेछन् ।

प्रकाशित मिति : ११ बैशाख २०८३, शुक्रबार  ८ : २६ बजे

बागलुङका घरबास स्तरोन्नति गर्न अनुदान

गलकोट– दिगो पर्यटन प्रवर्द्धन परियोजनाले  निसीखोला र ढोरपाटनमा १८ घरबास

दुई हजार ६९२ जना ट्राफिक कारबाहीमा

काठमाडौं– बितेका २४ घण्टामा दुई हजार ६९२ जना सवारी चालक

सुकुमवासी बस्ती हटाउने सरकारी कदमप्रति हर्क साम्पाङको आपत्ति, ‘सरकार निरंकुश बनेको’ आरोप

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले देशका विभिन्न

शिशुवा-खुदीखोला सडक स्तरोन्नति

गण्डकी– पोखरा महानगरपालिका–३० शिशुवादेखि खुदीखोलासम्म ४.१४ किलोमिटर सडक विस्तारसँगै स्तरोन्नति

चलचित्र महोत्सवमार्फत ‘गन्तव्य कर्णाली’ अभियान थालनी

कर्णाली–  ‘घुमौँ कर्णाली, हेरौँ कर्णाली’ भन्ने नारासहित कर्णाली अन्तर्राष्ट्रिय चलचित्र