रेखा निर्देशित फिल्म तीजमा प्रदर्शन, दयाहाङसँग बक्स अफिस क्ल्यास « Khabarhub

रेखा निर्देशित फिल्म तीजमा प्रदर्शन, दयाहाङसँग बक्स अफिस क्ल्यास


११ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका रेखा थापाको निर्देशनमा बनेको फिल्म ‘माया भनेकै यस्तो होला’ को प्रदर्शन मिति तय भएको भएको छ ।

रेखाले शुक्रबार आफ्नो फिल्मको प्रदर्शन मिति भदौ २६ मा तय भएको सार्वजनिक गरेकी हुन् ।

भदौ २९ गते तीज परेको छ । उनले यही पर्वलाई लक्षित गरी फिल्म प्रदर्शनमा ल्याउने भएकी हुन् ।

यस फिल्ममा दुई पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र पूर्व मिस नेपाल इन्टरनेन्सनल नीति शाह शीर्ष भूमिकामा छन् । दिल श्रेष्ठ यसको नायक हुन् ।

रेखाको फिल्मले अब दयाहाङ स्टारर फिल्म ‘पेन्सन पट्टा’सँग बक्स अफिस भिडन्त गर्ने भएको छ ।

माओत्से गुरुङ निर्देशित यो फिल्मले केही साताअघि नै भदौ २६ लाई प्रदर्शन मिति तोकेको थियो ।

‘दिया एण्ड अमु फिल्मस्’को ब्यानरमा बनेको ‘माया भनेकै यस्तो होला’को लेखक ध्रुव लम्साल हुन् । निर्माता हरि नारायण श्रेष्ठ र माया देवी श्रेष्ठ हुन् ।

माओत्से गुरुङ फिल्मसको ब्यानरमा बनेको ‘पेन्सन पट्टा’को निर्देशक माओत्से आफैँ हुन् ।

प्रकाशित मिति : ११ बैशाख २०८३, शुक्रबार  १ : ०६ बजे

बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु

बाँके– भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन हुनुभएका बर्दियाका नागरिकको

भोटेकोशी बाढी : त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो, १६१ को अस्थायी व्यवस्थापन

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा परेर

नैनसिंहको प्रस्ताव : देश विपत्तिमा छ, कांग्रेस महाधिवेशन केही समय सारौँ

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं ‘देश र कांग्रेस जोड्ने अभियान’का

कांग्रेसका पदाधिकारीको दाबी : ‘शेखर र पूर्णबहादुर अन्तिमसम्म हाम्रोतिरै जोडिनुहुन्छ’

काठमाडौं– नेपाली कांग्रेसमा पूर्वसभापति शेरबहादुर देउवा र सभापति गगन थापाबीच

थेराङ खोला बाढीपछि स्थानीय भन्छन्- गाउँबाट तलमाथि जाने पुल बगायो, नाकाबन्दीमा पर्‍यौँ

गोरखा– उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको