रेखा निर्देशित फिल्म तीजमा प्रदर्शन, दयाहाङसँग बक्स अफिस क्ल्यास « Khabarhub

रेखा निर्देशित फिल्म तीजमा प्रदर्शन, दयाहाङसँग बक्स अफिस क्ल्यास


११ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका रेखा थापाको निर्देशनमा बनेको फिल्म ‘माया भनेकै यस्तो होला’ को प्रदर्शन मिति तय भएको भएको छ ।

रेखाले शुक्रबार आफ्नो फिल्मको प्रदर्शन मिति भदौ २६ मा तय भएको सार्वजनिक गरेकी हुन् ।

भदौ २९ गते तीज परेको छ । उनले यही पर्वलाई लक्षित गरी फिल्म प्रदर्शनमा ल्याउने भएकी हुन् ।

यस फिल्ममा दुई पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र पूर्व मिस नेपाल इन्टरनेन्सनल नीति शाह शीर्ष भूमिकामा छन् । दिल श्रेष्ठ यसको नायक हुन् ।

रेखाको फिल्मले अब दयाहाङ स्टारर फिल्म ‘पेन्सन पट्टा’सँग बक्स अफिस भिडन्त गर्ने भएको छ ।

माओत्से गुरुङ निर्देशित यो फिल्मले केही साताअघि नै भदौ २६ लाई प्रदर्शन मिति तोकेको थियो ।

‘दिया एण्ड अमु फिल्मस्’को ब्यानरमा बनेको ‘माया भनेकै यस्तो होला’को लेखक ध्रुव लम्साल हुन् । निर्माता हरि नारायण श्रेष्ठ र माया देवी श्रेष्ठ हुन् ।

माओत्से गुरुङ फिल्मसको ब्यानरमा बनेको ‘पेन्सन पट्टा’को निर्देशक माओत्से आफैँ हुन् ।

प्रकाशित मिति : ११ बैशाख २०८३, शुक्रबार  १ : ०६ बजे

कोप–३१ मा नेपालको प्राथमिकता : जलवायु न्याय, अनुकूलन र हानि–नोक्सानी

काठमाडौँ- नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ

ऊर्जा केन्द्रमा रुस–युक्रेनको आक्रमण तीव्र, ट्रम्पका दूतसँग जेलेन्स्कीको वार्ता

एजेन्सी– रुस र युक्रेनले एकअर्काका ऊर्जा पूर्वाधारमा आक्रमण तीव्र पारिरहेका

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

बर्दिया– घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहेको छ र

भारत छाड्ने सरकारी आदेशविरुद्ध अदालत पुगे इमरान खान, ओसीआई कार्ड पनि रद्द हुन सक्ने

काठमाडौँ – बलिउड अभिनेता आमिर खानका भान्जा तथा अभिनेता इमरान खान

टाइगर श्राफमाथि गोली प्रहारपछि भाग्दै थिए नेपालतर्फ ? कोटा रेलवे स्टेसनबाट तीन जना पक्राउ

काठमाडौँ – बलिउड अभिनेता टाइगर श्राफको कारमाथि गोली प्रहार गरेको