नेपाल भानुआटुसँग पराजित « Khabarhub

नेपाल भानुआटुसँग पराजित


११ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आइसिसी महिला टि–ट्वान्टी च्यालेन्ज ट्रफीमा नेपाल भानुआटुसँग पराजित भएको छ । रुवाण्डाको किगालीस्थित गहङ्गा क्रिकेट ओभलमा आज भएको खेलमा नेपाल भानुआटुसँग २२ रनले पराजित भएको हो । जितका लागि ९८ रनको लक्ष्य पछ्याएको नेपाल १५.३ ओभरमा सबै विकेट गुमाउँदै ७५ रनमै समेटियो ।

नेपालका लागि सम्झना खड्काले सर्वाधिक २४ रनको योगदान दिइन् । उनले १९ बलमा ४ चौका प्रहार गरिन् । त्यस्तै कप्तान इन्दु वर्माले १३ र कविता कुँवरले १० रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङतर्फ भानुआटुका लागि भानेसा भिरा र नासिमाना नवाइकाले तीन तीन विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको भानुआटुले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ९७ रन बनायो । भानुआटुका लागि भालेन्टा लाङ्गियातुले सर्वाधिक ४२ रनको योगदान दिइन् । उनले ५० बलमा दुई चौका र दुई छक्का हानिन् ।

यस्तै नासिमाना नवाइकाले १८ तथा सेलिना सोलमन र सुसन स्टीफनले १०÷१० रन बनाए । बलिङतर्फ नेपालका लागि रिया शर्माले ४ ओभरमा ११ रन खर्चेर २ विकेट लिइन् । यस्तै मनिषा उपाध्याय, कविता कुँवर र रचनाकुमारी चौधरीले एक एक विकेट लिए । अब नेपालले यही वैशाख १३ गते अमेरिकासँग खेल्नेछ ।

प्रकाशित मिति : ११ बैशाख २०८३, शुक्रबार  ४ : २८ बजे

हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका हिमाली र

अमेरिकाको अपिलमा क्युबाको व्यङ्ग्य : ‘टुथपेस्ट बेचेजस्तो गरी सीआईएका लागि भर्ती’

हवाना– अमेरिकी विदेशमन्त्री मार्को रुबियोले क्युबामा परिवर्तन चाहने नागरिकलाई अवसरको सदुपयोग

रियादतर्फ प्रहार गरिएको ब्यालेस्टिक मिसाइल साउदीले निष्क्रिय पार्‍यो

रियाद– यमनका हुथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियादतर्फ प्रहार गरेको ब्यालेस्टिक

फ्रान्समा प्रदर्शन नियन्त्रण गर्न ७० हजार सुरक्षाकर्मी परिचालन

पेरिस– गत साता भएका प्रदर्शनका क्रममा वर्षौँयताकै गम्भीर सहरी हिंसा

सम्पर्कविहीन दुई जापानी पर्वतारोहीको शव भेटियो

मनाङ– गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको शव