रोकियो सेयर बजारको गिरावट  « Khabarhub

रोकियो सेयर बजारको गिरावट 


११ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेन्ज परिसूचकमा सामान्य सुधार देखिएको छ। शुक्रबार नेप्से परिसूचक १.५४ अंकले बढेर २७८८.७० विन्दुमा पुगेर बन्द भएको छ।

परिसूचकमा झिनो वृद्धि देखिए पनि आज कारोबार रकम भने उत्साहजनक रहेको छ। दिनभर कुल ३५१ कम्पनीका १ करोड २१ लाख कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २७ करोड ३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

आज कारोबार भएका कम्पनीहरूमध्ये ८७ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १६८ वटा कम्पनीको मूल्यमा गिरावट आएको छ। बाँकी १४ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।

आज तीनवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। पाल्पा सिमेन्ट, शिखर पावर र माईखोला हाईड्रोपावरको सेयर मूल्य समान १५ प्रतिशतले बढेको छ। त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य १२.६२ प्रतिशतले बढेको छ।

प्रकाशित मिति : ११ बैशाख २०८३, शुक्रबार  ४ : ४७ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको