सेनाको चेतावनी : भ्रामक सूचना फैल्याउनेलाई कारबाही हुन्छ, निगरानी भइरहेको छ « Khabarhub

सेनाको चेतावनी : भ्रामक सूचना फैल्याउनेलाई कारबाही हुन्छ, निगरानी भइरहेको छ


११ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली सेनाले हालै विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा सेनासम्बन्धी प्रसारित भइरहेका सूचना र अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले शुक्रबार जारी गरेको प्रेस नोटमा यस्ता कपोकल्पित सामग्रीहरूले आमनागरिकमा भ्रम सिर्जना गर्ने भएकाले भ्रामक सूचना प्रसारण नगर्न र नगराउन आग्रह गरिएको छ।

सेनाले यस्ता उच्छृङ्खल तथा अराजक गतिविधिहरूको निरन्तर निगरानी भइरहेको उल्लेख गर्दै गलत सूचना फैल्याउने व्यक्तिहरू प्रचलित कानुनअनुसार कारबाहीको दायरामा आउने चेतावनी दिएको छ।

यसका साथै आमनागरिकलाई आधारहीन र द्वेषपूर्ण समाचार तथा टिप्पणीमा विश्वास नगर्न आग्रह गर्दै आधिकारिक जानकारीका लागि आधिकारिक विज्ञप्ति, सामाजिक सञ्जाल तथा वेबसाइटमार्फत् आउने सूचनामात्र अनुसरण गर्न भनिएको छ।

प्रकाशित मिति : ११ बैशाख २०८३, शुक्रबार  ४ : ५७ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह