बल प्रयोग नगरी सुकुम्बासीलाई सुरक्षित रूपमा स्थानान्तरण गर्न लागिएको हो : प्रधानमन्त्री शाह « Khabarhub

बल प्रयोग नगरी सुकुम्बासीलाई सुरक्षित रूपमा स्थानान्तरण गर्न लागिएको हो : प्रधानमन्त्री शाह


११ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले काठमाडौंका नदी किनारमा रहेका सुकुम्बासीलाई बल प्रयोग नगरी मानवीयतालाई ख्याल गर्दै सुरक्षित रूपमा स्थानान्तरण गर्न लागिएको प्रष्ट पारेका छन् । प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत यस विषयमा जानकारी दिँदै वर्षौँदेखि दोहोरिँदै आएको बाढी र डुबानको समस्या समाधान गर्न यस्तो कदम चाल्न लागिएको स्पष्ट पारेका छन् ।

प्रधानमन्त्री शाहका अनुसार हरेक वर्ष बर्खायाममा नदी किनारका हजारौँ मानिसले ज्यान जोगाउन आफ्ना सामान छोडेर भाग्नुपर्ने अवस्था रहेको र यो नियतिलाई अब अन्त्य गर्न आवश्यक छ । नागरिकको जीवनसँग खेलबाड गरेर भोटको राजनीति गर्नुभन्दा उनीहरूलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्नु नै उपयुक्त हुने उनको भनाइ छ । सुरक्षित र जोखिमरहित ठाउँमा बस्न पाउनु नागरिकको अधिकार भएकाले थापाथली, गैरीगाउँ र मनोहरा लगायतका क्षेत्रमा रहेका बस्तीलाई स्थानान्तरण गरिने उनले उल्लेख गरेका छन् ।

नदी किनारका अव्यवस्थित बस्तीका कारण ढल निकास प्रणाली निर्माणमा अवरोध पुगेको र यसले गर्दा उपत्यकाका नदीहरू दुर्गन्धित भइरहेको प्रधानमन्त्रीले बताएका छन् । सरकारले वास्तविक सुकुम्बासी र जग्गा अतिक्रमणकारीलाई स्पष्ट रूपमा छुट्याउने तयारी समेत गरेको छ । प्रधानमन्त्री शाहले देशभरका लाखौँ सुकुम्बासीको समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको र वास्तविक पीडितलाई प्रक्रिया पुर्‍याएर यथाशक्य चाँडो जग्गा वितरण गरिने जानकारी दिएका छन् ।

उनले निर्वाचनका समयमा गरिएका वाचा र सरकारको प्राथमिकतामा रहेका कार्ययोजना अनुसार नै सुकुम्बासी व्यवस्थापन र सरकारी जग्गाको संरक्षण गर्न आन्तरिक तयारी भइरहेको बताएका छन् । वर्षौँ पुरानो यो समस्याको स्थायी समाधान हुनेमा ढुक्क हुन पनि उनले आग्रह गरेका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०८३, शुक्रबार  ५ : २३ बजे

१०८ धाराले आकर्षक बन्दै सुनसरीको रामधुनी मन्दिर

सुनसरी– सुनसरीको रामधुनी नगरपालिका- ४ स्थित ऐतिहासिक तथा धार्मिक महत्व

कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा, सुकुमवासीको बिजोग

कीर्तिपुर– अविरल वर्षापछि बागमती नदीको बहाव बढ्दा काठमाडौँको कीर्तिपुर नगरपालिका–१०

चितवनमा मोबाइल नेटवर्क विस्तार

चितवन– नेपाल टेलिकमले चितवनका विभिन्न क्षेत्रमा मोबाइल तथा इन्टरनेट सेवाको

गर्मी छल्न रिगताल क्षेत्रमा पर्यटक बढ्दै

बागलुङ– हिजोआज दैनिकजसो रिगताल परिसरमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ

मैत्रीपूर्ण फुटबल खेल्न पूर्वकप्तानहरु सुर्खेतमा

कर्णाली– नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तानहरु कर्णाली प्रदेशको राजधानी सुर्खेतमा