मन्त्री गौतम र चिनियाँ राजदूत झाङबीच भेटवार्ता « Khabarhub

मन्त्री गौतम र चिनियाँ राजदूत झाङबीच भेटवार्ता


११ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमसँग नेपालका लागि चीनका राजदूत झाङ माओमिङले शिष्टाचार भेटघाट गरेका छन् । भेटका क्रममा राजदूत झाङ माओमिङले नवनियुक्त मन्त्री गौतमलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

भेटवार्ताका क्रममा मन्त्री गौतमले नेपाल सरकारले सुशासन, तीव्र सामाजिक तथा आर्थिक विकास, डिजिटल रूपान्तरण र प्रभावकारी सार्वजनिक सेवा प्रवाहलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी गराइन् ।

यसैगरी, नेपाल र चीनबीचको ऐतिहासिक मित्रता तथा द्विपक्षीय साझेदारीलाई थप सुदृढ बनाउँदै लगानी, पर्यटन तथा कानून र न्याय क्षेत्रको सहकार्य विस्तार गर्ने विषयमा सकारात्मक छलफल भएको थियो ।

विशेषगरी न्यायमा सहज पहुँच सुनिश्चित गर्न डिजिटल रूपान्तरण, ज्ञान आदानप्रदान तथा विधिको शासन सुदृढ गर्ने विषयमा दुवै पक्षबीच सहकार्य बढाउने समझदारी बनेको जनाइएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०८३, शुक्रबार  ८ : २३ बजे

बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

बागलुङ– बागलुङमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

आज २०८३ साल असोज २० गते मंगलबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज २० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २० गते मंगलबार सन् २०२६

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा