मन्त्री गौतम र चिनियाँ राजदूत झाङबीच भेटवार्ता « Khabarhub

मन्त्री गौतम र चिनियाँ राजदूत झाङबीच भेटवार्ता


११ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमसँग नेपालका लागि चीनका राजदूत झाङ माओमिङले शिष्टाचार भेटघाट गरेका छन् । भेटका क्रममा राजदूत झाङ माओमिङले नवनियुक्त मन्त्री गौतमलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

भेटवार्ताका क्रममा मन्त्री गौतमले नेपाल सरकारले सुशासन, तीव्र सामाजिक तथा आर्थिक विकास, डिजिटल रूपान्तरण र प्रभावकारी सार्वजनिक सेवा प्रवाहलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी गराइन् ।

यसैगरी, नेपाल र चीनबीचको ऐतिहासिक मित्रता तथा द्विपक्षीय साझेदारीलाई थप सुदृढ बनाउँदै लगानी, पर्यटन तथा कानून र न्याय क्षेत्रको सहकार्य विस्तार गर्ने विषयमा सकारात्मक छलफल भएको थियो ।

विशेषगरी न्यायमा सहज पहुँच सुनिश्चित गर्न डिजिटल रूपान्तरण, ज्ञान आदानप्रदान तथा विधिको शासन सुदृढ गर्ने विषयमा दुवै पक्षबीच सहकार्य बढाउने समझदारी बनेको जनाइएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०८३, शुक्रबार  ८ : २३ बजे

काँकडभिट्टा नाकाबाट तीन महिनामा एक हजार बढी पर्यटक भित्रिए

झापा– पूर्वीनाका काँकडभिट्टा हुँदै तीन महिनामा एक हजार १०६ जना

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

चितवन– भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काममा

झापामा असोजमा २२ विपद्का घटना, दश करोड बढीको क्षति

झापा– झापामा गत असोज महिनामा भएका २२ वटा विपद्का घटनाबाट

तीन लाखभन्दा बढीका पटका बरामद गरी नष्ट

झापा– झापामा चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन

व्यवसायीको निधनले शोकमा वालिङ

स्याङ्जा– गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण स्याङ्जाको वालिङ शोकमा