नेपाली सेनाको ९६ जना सैनिकलाई दर्ज्यानी चिह्न प्रदान « Khabarhub

नेपाली सेनाको ९६ जना सैनिकलाई दर्ज्यानी चिह्न प्रदान


११ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – भक्तपुरको सूर्यविनायकस्थित रणशेर गण सूर्यविनायक ब्यारेकमा आज नौ महिनाका सैन्य तालिम सम्पन्न गरेका ९६ जना सिपाहीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

सूर्यविनायकस्थित ब्यारेकमा आयोजना गरिएको दर्ज्यानी चिह्न प्रदान कार्यक्रममा ९६ सैन्यलाई सिनं १ बाहिनी अड्डाका बाहिनीपति सहायक रथि सुनिलसिंह राठौडले नेपाली सेनाको सैनिक पदको दज्र्यानी चिह्न प्रदान गरेका हुन् ।

कार्यक्रममा उहाँले तालिमप्राप्त सिपाहीहरूले प्रदर्शन गरेको दलेल कवाज अवलोकन गरे । उनले तालिममा सर्वोत्कृष्ट र उत्कृष्ट सैनिकलाई पुरस्कार प्रदान गरे ।

उनले देश, जनता, राष्ट्र, राष्ट्रियताको रक्षाका लागि आफ्नो ज्यानको बाजी राखेर भए पनि सधैँ कटिबद्ध भएर लाग्न निर्देशन दिए । राष्ट्र, राष्ट्रियतालाई आफ्नो शिरमा राखेर देशप्रति बफादार भएर लाग्न निर्देशन दिए ।

कार्यक्रममा रणशेर गण सूर्यविनायक ब्यारेकका गणपति नीरजप्रताप जबराले नयाँ भर्ना भई यसै ब्यारेकमा नौ महनाको तालिम सम्पन्न गरी आजबाट नेपाली सैनिक जवानको रूपमा देश र जनताको रक्षाका लागि सदैव लाग्न आग्रह गरे ।

प्रकाशित मिति : ११ बैशाख २०८३, शुक्रबार  ९ : ०९ बजे

साउदीमा ड्रोन आक्रमणमा नेपालीको मृत्यु: कामदारको सुरक्षा सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ – साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण: सिंचाइमा सहज

तुलसीपुर – दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा

बाढी र पहिरोले गोरखा–धादिङ सडक पूर्ण अवरुद्ध, बेनी–जोमसोम र कर्णाली राजमार्ग एकतर्फी

काठमाडौँ – बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग

जाभी रोड्रिग्वेजको दुई गोलमा सेल्टा भिगोको पुनरागमन जित

काठमाडौँ – स्पेनिस क्लब सेल्टा भिगोसँग पुनरागमन पराजय व्यहोरेपछि स्कटिस

ह्यारी ब्रुकले बनाए ऐतिहासिक दोहोरो शतक: क्रिस गेलको दुर्लभ कीर्तिमानमा गरे बराबरी

काठमाडौँ – इङ्गल्यान्डका कप्तान ह्यारी ब्रुकले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा