तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ « Khabarhub

तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ


११ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौ – केन्द्रीय अनुसन्धान ब्यूरोले तत्कालीन किष्ट बैङ्क घोटाला प्रकरणमा फरार टेलर हेड रोहितलाल श्रेष्ठलाई पक्राउ गरेको छ ।

उक्त बैंकको नक्कली कागजात, छाप, बैंक कर्मचारी र सुरक्षा गार्डसमेत तयार गरी बैंकलाई झुक्काई हानी नोक्सानी गरेको मुद्दामा सर्वोच्च अदालतबाट २०८० असोज १५ गते दुई वर्ष कैद सजाय तोकिएका उनलाई आज महाराजगन्जबाट पक्राउ गरिएको हो ।

अदालतले उनलाई रु १३ लाख ३३ हजार ३३३ जरिवानासमेत गरेको थियो । सो बैङ्कको ठमेल शाखामा जुनियर असिष्टेन्ट पदमा कार्यरत उनले टेलर हेडको जिम्मेवारीमा रहदा उक्त घोटाला गरेको अनुसन्धानबाट खुलेको छ ।

निज श्रेष्ठलाई फैसला कार्यान्वयनको लागि काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको व्यूरोका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : ११ बैशाख २०८३, शुक्रबार  १० : ०५ बजे

नेतन्याहूलाई हटाएर राष्ट्रिय आपतकालीन सरकार बनाउन आइजेनकोटको प्रस्ताव

काठमाडौँ – इजरायली नेता गादी आइजेनकोटले कार्यवाहक प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको

सिकाइ र अभ्यासका लागि काठमाडौँ केन्द्रबिन्दु हो : सांसद परियार

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद प्रकाशचन्द्र परियारले काठमाडौँ सिकाइ

न्यायाधीश भएपछि राजनीतिको चप्पल बाहिरै खोल्छु : प्रस्तावित न्यायाधीश पाण्डे

 काठमाडौँ  – सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित जनक पाण्डेले न्याय सम्पादन गर्दा

पत्रकारिता सत्य, तथ्य र जनहितको पक्षमा उभिनुपर्छ : प्रदेश प्रमुख देवकोटा

हेटौँडा– बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पत्रकारिता कुनै व्यक्ति, संस्था

इरानको केशम टापुमा दुई मिसाइल खसे, अमेरिकी ड्रोन खसालेको सेनाको दाबी

काठमाडौँ – इरानको केशम टापुमा दुईवटा मिसाइल खसेका छन् ।