सशस्त्र प्रहरीका ६ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस « Khabarhub

सशस्त्र प्रहरीका ६ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस


११ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


534
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गृह मन्त्रालयले सशस्त्र प्रहरी बल (एपीएफ)का ६ जना वरिष्ठ उपरीक्षक (एसएसपी)लाई नायब महानिरीक्षक (डीआईजी) पदमा बढुवाका लागि सिफारिस गरेको छ।

बढुवा समितिको सचिवालयले शुक्रबार सूचना जारी गर्दै साधारण समूह, साधारण उपसमूहतर्फका रिक्त ६ पदका लागि नामावली सार्वजनिक गरेको हो।

सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३९ को उपनियम (१) को (ख) बमोजिम ज्येष्ठताका आधारमा ६ जना एसएसपीलाई डीआईजीमा बढुवाका लागि सिफारिस गरिएको जनाइएको छ।

सिफारिसमा परेका अधिकारीहरूमा दिग विजय सुवेदी, किरण बस्नेत, माधव प्रसाद पौडेल, प्रविण कडेल, राजेश उप्रेती र नेत्र बहादुर कार्की रहेका छन्।

बढुवा समितिका सदस्य सचिव तथा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल द्वारा हस्ताक्षरित सूचनामा यो सिफारिस सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३८ को उपनियम (३) बमोजिम प्रकाशित गरिएको उल्लेख छ।

साथै, उक्त बढुवा सिफारिसप्रति चित्त नबुझ्ने एसएसपीहरूले नियमावलीको नियम ५५ अनुसार ७ दिनभित्र बढुवा उपरको उजुरी सुन्ने समितिसमक्ष उजुरी दिन सक्ने व्यवस्था रहेको पनि सूचनामा जनाइएको छ।

प्रकाशित मिति : ११ बैशाख २०८३, शुक्रबार  १० : ५१ बजे

युवा स्वरोजगार कोषको ६७ करोड कर्जा असुल भएन

काठमाडौं– युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट लगानी गरिएकामध्ये भाखा

छाता ओडेर सडकमा उत्रिए बुटवलका सुकुम्वासी (तस्बिरहरू)

काठमाडौं– रूपन्देहीको बुटवलमा अव्यवस्थित बसोबासी तथा भूमिहीन सुकुम्वासीहरूले प्रदर्शन गरेका

कार दुर्घटनामा चालकको मृत्यु

त्रिवेणी– पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिका–८, खरकट्टा

आइतबारको बिदाले सुनसान देखिएको सिंहदरबार (तस्बिरहरू)

काठमाडौं– संघीय सरकारको प्रमुख प्रशासनिक केन्द्रको रूपमा रहेको सिंहदरबार आइतबारको

स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो

काठमाडौं– नेपालमा स्वीकृत विदेशी लगानीको तुलनामा वास्तविक भित्रिने रकम अत्यन्तै