स्टेजमा रामचरणको ‘डबल मिस्टेक’, भिडियो भाइरल भएपछि दिए स्पष्टीकरण « Khabarhub

स्टेजमा रामचरणको ‘डबल मिस्टेक’, भिडियो भाइरल भएपछि दिए स्पष्टीकरण


१० जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साउथ सुपरस्टार राम चरण आफ्नो आगामी प्यान–इन्डिया चलचित्र पेड्डीको म्युजिक लन्चका लागि भोपाल पुगेका बेला दुई फरक टिप्पणीका कारण सामाजिक सञ्जालमा चर्चाको केन्द्र बनेका छन् । कार्यक्रममा अभिनेत्री जान्हवी कपुर र ओस्कार विजेता संगीतकार एआर रहमान पनि सहभागी थिए।

कार्यक्रमका क्रममा रामचरणलाई भारतीय क्रिकेटरहरूलाई एक–एक शब्दमा वर्णन गर्न भनिएको थियो । उनले सचिन तेन्दुलकरलाई ‘महान यात्रा’, महेन्द्र सिंह धोनीलाई ‘शान्त र कूल’, रोहित शर्मालाई ‘सबैको मनपर्ने’ र विराट कोहली लाई ‘फायर’ भन्दै प्रशंसा गरे । 

तर, जसप्रित बुमराहको चर्चा गर्दा भने उनीबाट ठूलो गल्ती भयो । उनले बुमराहलाई क्रिकेटको सट्टा फुटबलसँग जोडेर बोले, जसको भिडियो केही समयमै भाइरल बन्यो ।

भिडियो सार्वजनिक भएपछि रामचरणले सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत सार्वजनिक रूपमा माफी मागे । 

उनले अत्यधिक उत्साह र ठूलो भीडकाबीच बोल्दा ‘मानवीय गल्ती’ भएको स्वीकार गर्दै बुमराहप्रति आफूलाई गहिरो सम्मान रहेको उल्लेख गरेका छन् ।

यति मात्र होइन, कार्यक्रममा उनले अर्को भाषिक गल्ती पनि गरे । मध्य प्रदेशमा आयोजित कार्यक्रममा दर्शकलाई सम्बोधन गर्दै उनले ‘हाम्रा बिहारका मानिसहरू’ भनेपछि हलमा केहीबेर हाँसो र आश्चर्यको माहोल बनेको थियो ।

फिल्म ‘पेड्डी’ अहिले भारतीय फिल्म बजारमा निकै प्रतिक्षित परियोजनामध्ये एक मानिएको छ । आरआरआरको विश्वव्यापी सफलतापछि उत्तर भारतमा पनि रामचरणको लोकप्रियता उल्लेखनीय रूपमा बढेको छ । 

यही कारण ‘पेड्डी’ को म्युजिक लन्चदेखि नै दर्शक र मिडियाको चासो उच्च देखिएको छ । चलचित्र जुन ४ मा रिलिज हुँदैछ ।
 

प्रकाशित मिति : १० जेठ २०८३, आइतबार  १ : ३१ बजे

चालु आवमा ६७ करोड ५० लाखको धान खरिद गरिने

काठमाडौं – सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५

काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता

बनेपा – सेवाग्राहीलाई प्राथमिकताका आधारमा सहज र छिटो सेवा उपलब्ध

जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–६ डुम्रीडाँडामा आज साँझ बोलेरो जिप

‘विद्युत् व्यापारका लागि भारत भ्रमणमा दीर्घकालीन सम्झौता आवश्यक’

हामीसँग जे छ, जतिवेला छ, त्यसलाई त्यतिवेला नै व्यापार (ट्रेड)