कान्स अवार्ड जित्ने फिल्मको टोलीलाई सरकारले सम्मान गर्ने « Khabarhub

कान्स अवार्ड जित्ने फिल्मको टोलीलाई सरकारले सम्मान गर्ने


१० जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कान्स चलचित्र महोत्सवमा दोस्रो महत्त्वपूर्ण प्रतिस्पर्धामा ‘अन सर्टेन रिगार्ड’मा जुरी प्राइज जितेको नेपाली फिल्म ‘इलिफेन्ट इन दि फग’को टोलीलाई सरकारले सम्मान गर्ने भएको छ ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहका अनुसार यो सञ्चार मन्त्रालय र विकास बोर्डले फिल्मको टोलीलाई सम्मान गर्ने भएको हो ।

यो फिल्मले उक्त अवार्ड जित्नुलाई सरकारले नेपाली फिल्मले विश्वबाट मान्यता पाएको रुपमा ग्रहण गरेको छ ।

शाहले लेखेका छन्, ‘यो केबल एउटा अवार्ड जितेको क्षण होइन । नेपाली चलचित्र उद्योगको सम्मान, संघर्ष र सम्भावनालाई विश्वबाट मान्यता पाएको क्षण हो । अन्तर्राष्ट्रिय मञ्चमा नेपाली सिनेमाको गौरव बढाएर पर्किने यो टोलीलाई सूचना तथा सञ्चार मन्त्रालय र चलचित्र विकास बोर्डले सम्मान गर्नेछ ।’

अभिनास विक्रम शाह निर्देशित यो फिल्म कान्सको मुख्य प्रतिस्पर्धापछिको सबैभन्दा महत्त्व दिइने ‘अन सर्टेन रिगार्ड’मा अवार्ड जितेको हो ।

यस पतिस्पर्धामा फरकधार र मौलिक कथालाई प्राथमिकता दिइन्छ । नव निर्देशकहरूलाई केन्द्रित गरी यो विधा समेटिएको हो ।

नेपाली फिल्मले पहिलो पटक विश्व चर्चित फेस्टिभलमा अवार्ड जितेको हो ।

प्रकाशित मिति : १० जेठ २०८३, आइतबार  ५ : ०७ बजे

शिक्षा मन्त्रालयले सातवटै प्रदेशमा शिक्षा संवाद गर्दै, पहिलो कार्यक्रम आज विराटनगरमा

काठमाडौँ– शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनुअघि सातवटै प्रदेशमा पुगेर

नेपाल आयल निगमले काठमाडौँका यी पाँच ठाउँबाट खाना पकाउने ग्यास वितरण गर्दै

काठमाडौँ– नेपाल आयल निगमले आज काठमाडौँका विभिन्न पाँच ठाउँबाट खाना

बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ जनामा औलो रोगको सङ्क्रमण

चितवन– गत आर्थिक वर्षमा चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका