कान्स अवार्ड जित्ने फिल्मको टोलीलाई सरकारले सम्मान गर्ने « Khabarhub

कान्स अवार्ड जित्ने फिल्मको टोलीलाई सरकारले सम्मान गर्ने


१० जेष्ठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कान्स चलचित्र महोत्सवमा दोस्रो महत्त्वपूर्ण प्रतिस्पर्धामा ‘अन सर्टेन रिगार्ड’मा जुरी प्राइज जितेको नेपाली फिल्म ‘इलिफेन्ट इन दि फग’को टोलीलाई सरकारले सम्मान गर्ने भएको छ ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहका अनुसार यो सञ्चार मन्त्रालय र विकास बोर्डले फिल्मको टोलीलाई सम्मान गर्ने भएको हो ।

यो फिल्मले उक्त अवार्ड जित्नुलाई सरकारले नेपाली फिल्मले विश्वबाट मान्यता पाएको रुपमा ग्रहण गरेको छ ।

शाहले लेखेका छन्, ‘यो केबल एउटा अवार्ड जितेको क्षण होइन । नेपाली चलचित्र उद्योगको सम्मान, संघर्ष र सम्भावनालाई विश्वबाट मान्यता पाएको क्षण हो । अन्तर्राष्ट्रिय मञ्चमा नेपाली सिनेमाको गौरव बढाएर पर्किने यो टोलीलाई सूचना तथा सञ्चार मन्त्रालय र चलचित्र विकास बोर्डले सम्मान गर्नेछ ।’

अभिनास विक्रम शाह निर्देशित यो फिल्म कान्सको मुख्य प्रतिस्पर्धापछिको सबैभन्दा महत्त्व दिइने ‘अन सर्टेन रिगार्ड’मा अवार्ड जितेको हो ।

यस पतिस्पर्धामा फरकधार र मौलिक कथालाई प्राथमिकता दिइन्छ । नव निर्देशकहरूलाई केन्द्रित गरी यो विधा समेटिएको हो ।

नेपाली फिल्मले पहिलो पटक विश्व चर्चित फेस्टिभलमा अवार्ड जितेको हो ।

प्रकाशित मिति : १० जेष्ठ २०८३, आइतबार  ५ : ०७ बजे

तीन दिनको माैसम पूर्वानुमान : कस्तो होला दसैँको माैसम ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन

निकुञ्ज चाडपर्व लक्षित सुरक्षा योजना : तालिम प्राप्त कुकुरद्वारा निगरानी

चितवन – चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै सुरक्षा रणनीति

विश्वकप लिग-२ : जित्नैपर्ने खेलमा ओमानसँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय (ओडीआई) शृङ्खलाको अन्तिम

विभिन्न भागमा मुख्य राजमार्ग तथा सडक खण्ड अवरुद्ध

काठमाडौँ – लगातारको बाढी र पहिरोका कारण देशका विभिन्न भागमा मुख्य

काठमाडौंमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, एक घाइते

काठमाडौं- गोकर्णेश्वर नगरपालिका ९ आरुबारीस्थित राम मन्दिर नजिक सडकमा मोटरसाइकल