‘बहाल-बहिल’ संस्कृतिको पुनरूत्थानमा काव प्रमुख डङ्गोलको प्रतिबद्धता « Khabarhub

‘बहाल-बहिल’ संस्कृतिको पुनरूत्थानमा काव प्रमुख डङ्गोलको प्रतिबद्धता


१० जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले बौद्ध परम्परामा आधारित ‘बहाल–बहिल’ संस्कृति गौरवपूर्ण इतिहास भएकाले तिनीहरूको पुनरूत्थान गरिने बताएकी छन् । 

नेपाल मण्डल लिटरेचर कल्चरल ट्रष्टले आज आयोजना गरेको ‘बहाल–बहिल संस्कृति सामाजिक अध्ययन’ विषयक गोष्ठीमा कार्यवाहक प्रमुख डङ्गोलले काठमाडौँभित्र भएका बहाल–बहिलहरूको वस्तुगत परिस्थिति र सामाजिक पक्षहरूका विषयमा अध्ययनले थप उजागर गरेको बताइन् ।

काठमाडौँभित्र भएका १६ वटा बहिलमध्ये अहिले कति वटा बहिलहरु नाम छ तर ती बहिलका संस्कृति, परम्परा र रीतिरिवाजहरूको अभिलेख नासिँदै गएको अवस्था छ ।

डङ्गोलले बहाल–बहिलका संस्कृति, परम्परा र रीतिरिवाजहरूको अभिलेख तयार गर्दै पुनरुस्थानसहित हस्तान्तरण, पुस्तान्तरणका लागि पनि योजना बनाएर अघि बढ्न सुझाव दिइन् । 

‘हामीले पुनरुस्थान गर्दै–गर्दा त्यहाँको सौन्दर्य, ऐतिहासिक र धार्मिक पक्षलाई पनि ख्याल गर्नुपर्छ’, उनले भनिन्, ‘त्योसँगै मूर्त–अमूर्त सम्पदाको संरक्षण र संवर्द्धनमा पनि हाम्रो ध्यान जान जरुरी छ । बहाल–बहिलको विकास, संरक्षण र पुस्तान्तरणका लागि हामी हातेमालो गरे अघि बढौँ भनेर आग्रह गर्न चाहन्छु ।’

ट्रष्टका अध्यक्ष सन्ध्या बज्राचार्यले बहाल–बहिलको संस्कृतिको अध्ययन र अनुसन्धान आजको आवश्यकता भएको भन्दै गोष्ठीमा सहभागी विज्ञहरूको उपस्थितिमा ऐतिहासिक सम्पदा, बौद्ध दर्शन र परम्परागत सामाजिक संरचनालाई उजागर गर्ने विषयमा गहन छलफल गरेको जानकारी दिइन् ।

लोप हुन लागेका बही संस्कृति, त्यहाँका पुराना परम्परा र रीतिरिवाजहरूको अभिलेख तयार गर्ने, मध्यकाल र त्योभन्दा अगाडिदेखि विकास भएका बौद्ध विहारहरूको ऐतिहासिक पक्ष केलाउँदै नयाँ तथ्यहरू सार्वजनिक गर्ने, र युवा पुस्तालाई आफ्नो रैथाने संस्कृति र गौरवपूर्ण इतिहासप्रति जागरूक बनाउने जस्ता विषयमा केन्द्रित भएर सो क्षेत्रका विज्ञहरुल बताएका छन् ।

बौद्ध कलाअन्तर्गत बहिलभित्र संरक्षित मूर्तिहरू, पौभा चित्रकला, र विशेषगरी गुँला महिनामा गरिने ‘बही द्योः ब्वयेगु’ परम्परालाई कसरी अन्तरराष्ट्रियस्तरमा चिनाउने भन्ने विषयमा विज्ञहरूले सुझाव दिएका थिए ।

प्रकाशित मिति : १० जेठ २०८३, आइतबार  ५ : १६ बजे

भड्काउ अभिव्यक्ति दिएको आरोपमा पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई

दुर्गा प्रसाईँलाई पक्राउ गर्न घरमै पुग्यो प्रहरी

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरी अहिले उनको

बढ्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको

‘निम्स दाइ’को रामनगरस्थित परिवार र विद्यालयका शिक्षक शोकमा

चितवन । हिमपहिरोमा परी निधन भएका कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा

इन्डोनेसियामा समुद्रबीच डुंगामा भीषण आगलागी, ५ जनाको मृत्यु, ४१ जना बेपत्ता

इन्डोनेसिया- आइतबार इन्डोनेसियाली समुद्रबीचमा गुडिरहेको डुंगामा आगो लाग्दा दर्जनौँ व्यक्तिको