अन्तरनिकाय समन्वय नहुँदा खानेपानी लाइनमा छ करोड ५९ लाख बराबरको क्षति « Khabarhub

अन्तरनिकाय समन्वय नहुँदा खानेपानी लाइनमा छ करोड ५९ लाख बराबरको क्षति


१० जेष्ठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारी निकायबीच एक आपासमा समन्वय नगरी काम गर्दा काठमाडौँ उपत्यकाभित्र विछ्याइएका खानेपानीको पाइप लाइनमा क्षति भएको पाइएको छ ।

महालेखापरीक्षकको कार्यालयले तयार पारेको ६३औं वार्षिक प्रतिवेदनअनुसार अन्तरनिकायबीच समन्वय नगरी काम गर्दा खानेपानी लाइनमा रु छ करोड ५९ लाख ६८ हजार बराबरको क्षति भएको पाइएको छ । क्षति भएको रकम बराबरको शोध भर्ना लिनुपर्नेमा त्यस बापतको रकम प्राप्त हुन सकेको छैन ।

काठमाडौँ उपत्यकामा विच्छ्याइएको पाइपमा सडक, विद्युत्लगायतका कार्य गर्दा पाइपमा क्षति पुगेको थियो । विवरणअनुसार नेपाल विद्युत् प्राधिकरणले काम गर्दा रु एक करोड ६७ लाख ५७ हजार बराबरको क्षति पुगेको छ । 

यस्तै, सडक विभागले आवश्यक काम गर्दा रु दुई करोड ८० हजार, ललितपुर महानगरपालिकाले आवश्यक काम गर्दा रु एक करोड १२ लाख ७३ हजार र अन्य निकायका तर्फबाट रु एक करोड ७१ लाख ३८ हजार बराबरको क्षति पुगेको थियो ।

यसैगरी एक निर्माण व्यवसायीसँग ठेक्का सम्झौता अन्त्य गरी नयाँ सम्झौता गरिएको सन्दर्भमा कार्यसम्पादन जमानत र पेश्कीसमेत गरी दुई अर्ब ५९ करोड ९९ लाख रुपैयाँ असुल गर्ने गरी निर्णय भएको थियो ।

सो निर्णय बमोजिम उक्त रकम असुल नभएकामा महालेखाले प्रश्न उठाएको छ । काठमाडौँ उपत्यकाको कोड्कु, सल्लाघारी, धोबिघाटमा फोहोर पानी प्रशोधन केन्द्र निर्माणका सन्दर्भमा एक निर्माण व्यवसायीसँग ठेक्का तोडेर अर्को ठेक्का गरेको थियो ।

सुरुमा एक विदेशी कम्पनीसँग रु तीन अर्ब ४६ करोड ९६ लाखमा सम्झौता भएको थियो । सो कम्पनीले रु ७८ करोड ७७ लाख २५ हजार बराबरको कार्य सम्पन्न भएको थियो ।

तोकिएको समयमा काम नभएपछि ठेक्का सम्झौता अन्त्य गरी पुनः नयाँ निर्माण व्यवसायी छनौट गरिएको थियो । नयाँ व्यवसायी छनोट अघि रु छ अर्ब ४७ करोड एक लाख बराबरको लागत अनुमान गरिएको थियो ।

प्रकाशित मिति : १० जेष्ठ २०८३, आइतबार  ५ : ३३ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको