क्यान महासंघमा नेतृत्व परिवर्तन : अधिकारीले सम्हाले कार्यवाहक अध्यक्षको जिम्मेवारी « Khabarhub

क्यान महासंघमा नेतृत्व परिवर्तन : अधिकारीले सम्हाले कार्यवाहक अध्यक्षको जिम्मेवारी


१० जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रको छाता संगठन, कम्युटर एसोसिएसन नेपाल (क्यान) को कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अधिकारीले सम्हालेका छन् । महासंघको इतिहासमै पहिलो महिला अध्यक्ष बनेर कीर्तिमान राखेकी सुनैना घिमिरे पाण्डेले व्यक्तिगत कारण देखाउँदै आफ्नो पदबाट राजीनामा दिएपछि अधिकारीले यो जिम्मेवारी पाएका हुन् ।

विगत २१ वर्षभन्दा लामो समयदेखि क्यान महासंघको विभिन्न सांगठनिक संरचनामा रहेर स्थानीय, प्रादेशिक र राष्ट्रिय समितिहरूमा कुशलतापूर्वक जिम्मेवारी निभाइसकेका अधिकारी नेपालको स्थापित साइबर सुरक्षा अभियन्ता तथा विशेषज्ञ हुन् ।

प्रतिष्ठित ‘राष्ट्रिय आइसिटी एक्सीलेन्स अवार्ड २०२४’ बाट समेत सम्मानित अधिकारीले एनपीसीईआरटी र कम्प्युटर सेक्युरिटी रिसर्च एण्ड इनोभेसन सेन्टरको संस्थापक अध्यक्ष तथा वान कभर प्रालिको सीईओका रूपमा प्राविधिक क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका छन् ।

तीव्र गतिमा विकास भइरहेको डिजिटल इकोसिस्टम, स्वचालन (अटोमेसन) र डिजिटल रुपान्तरणको वर्तमान अवस्थामा अधिकारीले नेतृत्व सम्हालेका हुन् । कार्यवाहक अध्यक्ष अधिकारीले पुराना कानुनी संरचनाको परिमार्जन, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र ई-गभर्नन्स ब्लुप्रिन्टको कार्यान्वयन, मौद्रिक तथा बैंकिङ सुरक्षा प्रणालीको सुदृढीकरण र डाटा सार्वभौमिकतालाई आफ्नो मुख्य प्राथमिकतामा राखेका छन् ।

प्रकाशित मिति : १० जेठ २०८३, आइतबार  ५ : ४७ बजे

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणमा ढिलाइ

म्याग्दी – नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा

तनहुँमा ‘डिएनए’ नमूना उपलब्ध गराउन आग्रह

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी अकालमा ज्यान

लन्डन डर्बीमा आर्सनलको पुनरागमन जित : चेल्सी २-१ ले पराजित

लन्डन – नयाँ स्ट्राइकर नभए पनि साबिक विजेता आर्सनलको लयमा

कर्णाली राजमार्ग अवरुद्ध हुँदा पीडामा स्याउ व्यापारी

कर्णाली – यतिबेला जुम्ला, मुगु तथा हुम्लामा उत्पादित स्याउ निर्यातको