क्यान महासंघमा नेतृत्व परिवर्तन : अधिकारीले सम्हाले कार्यवाहक अध्यक्षको जिम्मेवारी « Khabarhub

क्यान महासंघमा नेतृत्व परिवर्तन : अधिकारीले सम्हाले कार्यवाहक अध्यक्षको जिम्मेवारी


१० जेष्ठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रको छाता संगठन, कम्युटर एसोसिएसन नेपाल (क्यान) को कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अधिकारीले सम्हालेका छन् । महासंघको इतिहासमै पहिलो महिला अध्यक्ष बनेर कीर्तिमान राखेकी सुनैना घिमिरे पाण्डेले व्यक्तिगत कारण देखाउँदै आफ्नो पदबाट राजीनामा दिएपछि अधिकारीले यो जिम्मेवारी पाएका हुन् ।

विगत २१ वर्षभन्दा लामो समयदेखि क्यान महासंघको विभिन्न सांगठनिक संरचनामा रहेर स्थानीय, प्रादेशिक र राष्ट्रिय समितिहरूमा कुशलतापूर्वक जिम्मेवारी निभाइसकेका अधिकारी नेपालको स्थापित साइबर सुरक्षा अभियन्ता तथा विशेषज्ञ हुन् ।

प्रतिष्ठित ‘राष्ट्रिय आइसिटी एक्सीलेन्स अवार्ड २०२४’ बाट समेत सम्मानित अधिकारीले एनपीसीईआरटी र कम्प्युटर सेक्युरिटी रिसर्च एण्ड इनोभेसन सेन्टरको संस्थापक अध्यक्ष तथा वान कभर प्रालिको सीईओका रूपमा प्राविधिक क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका छन् ।

तीव्र गतिमा विकास भइरहेको डिजिटल इकोसिस्टम, स्वचालन (अटोमेसन) र डिजिटल रुपान्तरणको वर्तमान अवस्थामा अधिकारीले नेतृत्व सम्हालेका हुन् । कार्यवाहक अध्यक्ष अधिकारीले पुराना कानुनी संरचनाको परिमार्जन, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र ई-गभर्नन्स ब्लुप्रिन्टको कार्यान्वयन, मौद्रिक तथा बैंकिङ सुरक्षा प्रणालीको सुदृढीकरण र डाटा सार्वभौमिकतालाई आफ्नो मुख्य प्राथमिकतामा राखेका छन् ।

प्रकाशित मिति : १० जेष्ठ २०८३, आइतबार  ५ : ४७ बजे

दूध, दही र घिउसमेत त्याग्ने जीवनशैली ! के हो भेगन ?

हाम्रो समाजमा शाकाहारी र मांसाहारीबारे धेरैलाई थाहा छ। कसैले मासु

तीन दिनको माैसम पूर्वानुमान : कस्तो होला दसैँको माैसम ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन

निकुञ्ज चाडपर्व लक्षित सुरक्षा योजना : तालिम प्राप्त कुकुरद्वारा निगरानी

चितवन – चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै सुरक्षा रणनीति

विश्वकप लिग-२ : जित्नैपर्ने खेलमा ओमानसँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय (ओडीआई) शृङ्खलाको अन्तिम

विभिन्न भागमा मुख्य राजमार्ग तथा सडक खण्ड अवरुद्ध

काठमाडौँ – लगातारको बाढी र पहिरोका कारण देशका विभिन्न भागमा मुख्य