पेट्रोलियम पदार्थमा लगाइएको करविरुद्ध चितवनमा मिराजको अनौठो प्रदर्शन « Khabarhub

पेट्रोलियम पदार्थमा लगाइएको करविरुद्ध चितवनमा मिराजको अनौठो प्रदर्शन


१० जेष्ठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पेट्रोलियम पदार्थमा लगाइएको कर खारेजीको माग गर्दै चितवनमा युवाहरूले अनौठो शैलीमा विरोध प्रदर्शन गरेका छन् ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा निरन्तर रूपमा गरिरहेको मूल्यवृद्धिको विरोधमा आज जेन-जी अभियन्ता मिराज ढुंगानाको नेतृत्वमा ‘गरी खान देऊ’ चितवन शाखाले मोटरसाइकल तथा स्कुटर नचढाई हातले डोर्‍याएर विरोध र्‍याली निकालेको हो ।

‘पेट्रोलियम पदार्थमा ६ कर माफ अभियान’ अन्तर्गत आयोजित र्‍याली चौबीसकोठी चोकबाट सुरु भई लायन्सचोकमा पुगेर समापन भएको थियो । कार्यक्रममा सहभागी युवाहरूले ‘गरी खान देऊ’ र ‘महँगीको मारमा सुशासन फरार’ लगायतका नारा लेखिएका प्लेकार्ड तथा ब्यानर बोकेका थिए ।

आन्दोलनकारीहरूले सर्वसाधारणलाई महँगीको चर्को मारबाट राहत दिन सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएका विभिन्न शीर्षकका ६ वटा कर तत्काल खारेज वा कटौती गर्नुपर्ने माग गरेका छन् ।

माग पूरा नभए आन्दोलनलाई थप सशक्त बनाइने चेतावनी समेत आयोजकले दिएका छन् ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : १० जेष्ठ २०८३, आइतबार  ७ : ३९ बजे

स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट १६ प्रतिशत नगद लाभांस घोषणा

काठमाडौँ– स्ट्यान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीलाई लाभांश

सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

प्रधानमन्त्री राहत कोषमा सहयोग जुट्ने क्रम जारी

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र

इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन राइनोजबाट एनपीएल खेल्दै

चितवन– ‘एकदिवसीय’ र ‘टेष्ट म्याच’ मा अन्तर्राष्ट्रिय शतकसमेत बनाएका इङ्गल्याण्डका

काँकडभिट्टा नाकाबाट तीन महिनामा एक हजार बढी पर्यटक भित्रिए

झापा– पूर्वीनाका काँकडभिट्टा हुँदै तीन महिनामा एक हजार १०६ जना