पेट्रोलियम पदार्थमा लगाइएको करविरुद्ध चितवनमा मिराजको अनौठो प्रदर्शन « Khabarhub

पेट्रोलियम पदार्थमा लगाइएको करविरुद्ध चितवनमा मिराजको अनौठो प्रदर्शन


१० जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पेट्रोलियम पदार्थमा लगाइएको कर खारेजीको माग गर्दै चितवनमा युवाहरूले अनौठो शैलीमा विरोध प्रदर्शन गरेका छन् ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा निरन्तर रूपमा गरिरहेको मूल्यवृद्धिको विरोधमा आज जेन-जी अभियन्ता मिराज ढुंगानाको नेतृत्वमा ‘गरी खान देऊ’ चितवन शाखाले मोटरसाइकल तथा स्कुटर नचढाई हातले डोर्‍याएर विरोध र्‍याली निकालेको हो ।

‘पेट्रोलियम पदार्थमा ६ कर माफ अभियान’ अन्तर्गत आयोजित र्‍याली चौबीसकोठी चोकबाट सुरु भई लायन्सचोकमा पुगेर समापन भएको थियो । कार्यक्रममा सहभागी युवाहरूले ‘गरी खान देऊ’ र ‘महँगीको मारमा सुशासन फरार’ लगायतका नारा लेखिएका प्लेकार्ड तथा ब्यानर बोकेका थिए ।

आन्दोलनकारीहरूले सर्वसाधारणलाई महँगीको चर्को मारबाट राहत दिन सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएका विभिन्न शीर्षकका ६ वटा कर तत्काल खारेज वा कटौती गर्नुपर्ने माग गरेका छन् ।

माग पूरा नभए आन्दोलनलाई थप सशक्त बनाइने चेतावनी समेत आयोजकले दिएका छन् ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : १० जेठ २०८३, आइतबार  ७ : ३९ बजे

जल तथा ऊर्जा आयोगको सचिवालयबाट नीति संवाद सुरु

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको जल तथा ऊर्जा

अमेरिका र इरानबीच मध्यस्थकर्ताकाे छुट्टाछुट्टै वार्ता : युद्ध अन्त्य र होर्मुज मार्ग खोल्ने नयाँ प्रयास

एजेन्सी– सात महिना लामो युद्ध अन्त्य गर्ने नयाँ प्रयासस्वरूप अमेरिका

बालेन र रविको फोटो पोस्ट गर्दै बाबुराम लेख्छन्- लोकतन्त्रमा सबै काम विधिसम्मत हुनुपर्छ !

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय

चितवन– चितवनमा पाँच वर्षमुनिका बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढेको

परराष्ट्रमन्त्री खनाल र श्रीलङ्काका विदेशमन्त्री हेराथबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलङ्काका विदेश, वैदेशिक रोजगार तथा