बर्दिबासमा जगन्नाथ रथयात्रा « Khabarhub

बर्दिबासमा जगन्नाथ रथयात्रा


१० जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – महोत्तरीको बर्दिबासमा आज जगन्नाथ रथयात्रा उत्सव मनाइएको छ । अन्तरराष्ट्रिय कृष्ण भावनामृत सङ्घ (इस्कोन) बर्दिबासको आयोजनामा जगन्नाथ रथयात्राको धार्मिक उत्सव मनाइएको हो ।

इस्कोन गौडीय वैष्णव परम्पराको हिन्दू धार्मिक संस्था मानिन्छ । हिन्दू परम्पराका आराध्यदेव श्रीकृष्ण भक्ति परम्पराको यो संस्थालाई ‘हरे कृष्ण’ पनि भनिन्छ । संसारभरि भगवान् जगन्नाथको कीर्ति र मानव कल्याणको मार्गबारे सचेतना बढाउँदै अध्यात्मतिर आममानिसलाई अभिप्रेरित गराउन जगन्नाथ रथयात्रा आयोजना गरिएको इस्कोन बर्दिबास शाखाका प्रमुख सन्त गोपाल दासले बताए।

बर्दिबास नगर क्षेत्रका–१, २ र १४ वडाका बस्तीबस्तीमा रथयात्रा पुगेको छ । महोत्तरी–१ का प्रतिनिधिसभा सदस्य प्रमोदकुमार महतो र बर्दिबास नगरप्रमुख प्रल्हदकुमार क्षेत्रीले जगन्नाथ रथ यात्राको डोरी तानेर शुभारम्भ गर्नुभयो । रथयात्रामा टाढाटाढाबाट हजारौँ श्रद्धालु सहभागी भएका छन् ।

सन् १९६६ को जुलाई १३ का दिन ए।सी। भक्तिवेदान्त स्वामी प्रभुपादले अमेरिकाको न्युयोर्कमा स्थापना गर्नुभएको इस्कोन अभियान अब संसारभरिका सबै मुलुकमा पुगेको बर्दिबास शाखाले जनाएको छ । भाइचारा, विश्व वन्धुत्व र मानव कल्याण नै इस्कोनको उद्देश्य र लक्ष भएको बर्दिबास शाखाका योगी सन्त श्रीराम दास बताउँछन् ।

यसै मानव कल्याणको कामनासहित सनातन हिन्दू दर्शनबारे जागरणका लागि बर्दिबासमा जगन्नाथ रथयात्रा गरिएको इस्कोन बर्दिबासका प्रमुख गोपाल दासले स्पष्ट पारे । जगन्नाथ रथयात्रामा देवेश्वर श्रीकृष्ण, बलदेव र सुभद्राका प्रतिमा रथारोहण गराई भक्तहरूले तान्ने चलन छ ।

भारतको उडिसामा हुने जगन्नाथ रथयात्रालाई सबै ठाउँका भक्तले अनुभूति गर्न सकुन् भन्ने उद्देश्यसाथ यो यात्रा स्वामी प्रभुपादले सर्वप्रथम अमेरिकाको न्युयोर्कबाट सुरु गराउनुभएको हो । रथयात्रा बर्दिबासमा हुँदा महोत्तरीका अतिरिक्त धनुषा, सर्लाही र सिन्धुलीका श्रद्धालु सहभागी भएका थिए ।

प्रकाशित मिति : १० जेठ २०८३, आइतबार  ८ : ५६ बजे

वर्षायामसँगै अन्नपूर्ण पदमार्गमा पर्यटक घटे

लमजुङ– वर्षायाम सुरु भएसँगै विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकको आगमन घटेको

भीडलाई गणेशका दाइको प्रश्न- ‘हिजो मेरो भाइ जल्दा कहाँ जानुभएको थियो ? किन बचाउनुभएन ?’

काठमाडौं- त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाई आत्मदाहको

महिलालाई आत्मनिर्भर बनाउन ८५ बाख्रा उपहार

गलकोट– बागलुङ नगरपालिका-१३ ढाडा स्वावलम्बी महिला समूहमा आबद्ध गीता परियारले

राष्ट्रपतिसँग युएईका वैदेशिक व्यापारमन्त्रीको भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त अरब इमिरेट्सका वैदेशिक व्यापारमन्त्री थानी

गणेश आत्मदाह प्रकरणको छानबिन गर्न समिति गठन, सोधपुछका लागि तीनजना नगर प्रहरी नियन्त्रणमा

काठमाडौं– सरकारले गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न छानबिन समिति