तीव्र हावाहुरीका कारण प्रसारण लाइनमा रुख ढल्दा ट्रिपिङको समस्या, समाधानको प्रयासमा प्राधिकरण « Khabarhub

तीव्र हावाहुरीका कारण प्रसारण लाइनमा रुख ढल्दा ट्रिपिङको समस्या, समाधानको प्रयासमा प्राधिकरण


१० जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले तीव्र हावाहुरीका कारण प्रसारण लाइनमा रुख ढलेका कारण देशका केही क्षेत्रमा विद्युत आपूर्तिमा अवरोध भएको जानकारी दिएको छ ।

प्राधिकरणका प्रवक्ता राजन ढकालले जतिसक्दो छिटो समाधानको प्रयासमा प्राविधिक टोली खटिएको पनि जानकारी दिए । ‘तीव्र हावाहुरीका कारण प्रसारण लाइनमा रुख ढलेका कारण देशका केही क्षेत्रमा विद्युत आपूर्तिमा आएको समस्याले गर्दा प्रभावित क्षेत्रहरूमा लोड फ्लक्चुएसन (विद्युतको भोल्टेजमा उतारचढाव) र ट्रिपिङको समस्या भइरहेको छ,’ प्राधिकरणका प्रवक्ता ढकालले भने, ‘ पिलुवा (पथलैया)– चन्द्रनिगाहपुर खण्डको टावर नम्बर १२२–१२३ को बीचमा तीव्र हावाका कारण रुख ढलेर प्रसारण लाइनमा पर्दा विद्युत प्रवाहमा अवरोध आएको थियो। हाल उक्त रुख हटाइसकिएको छ र एक सर्किट चार्ज गर्ने प्रक्रिया अगाडि बढाइएको छ।’

त्यसैगरी पिलुवा–चन्द्रनिगाहपुर प्रसारण खण्डको टावर नम्बर १३६ र १३७ को बीचमा तीव्र हावाका कारण तीनवटा रुखहरू ढलेर प्रसारण लाइनमा पर्दा विद्युत प्रवाहमा समस्या सिर्जना भएको भन्दै प्राधिकरणले शनिबार रातिनै ती तीनवटै रुखहरू हटाई सुचारु गरेको जानकारी दिएको छ ।

‘अमलेखगञ्ज–कमने खण्डको टावर नम्बर ४६ र ४७ को बीचमा तीव्र हावाका कारण एउटा रुख ढलेर प्रसारण लाइनमा पर्दा एचटीएलएस कन्डक्टरमा क्षति पुगेको छ,’ प्रवक्ता दाहालले भन्नुभयो, ‘यो तीन घटनामध्ये प्राविधिक दृष्टिले सबभन्दा जटिल समस्या हो। यी सबै समस्या समाधानका लागि प्राधिकरणको एचटीएलएस विशेषज्ञसहितको प्राविधिक टोली आइतबार बिहानै अमलेखगञ्ज–कमाने घटनास्थलमा पुगिसकेको छ र स्ट्रिङिङको काम सुरु गरिसकेको छ।’

उनले मर्मत कार्य सम्पन्न हुनासाथ यथाशीघ्र विद्युत आपूर्ति पूर्ण रूपमा सुचारु गर्ने गरी प्राधिकरण लागिरहेको पनि जानकारी दिए । पिलुवा–चन्द्रनिगाहपुर खण्डका दुवै स्थानमा पनि सामान्यीकरणको कार्य समानान्तर रूपमा अगाडि बढिरहेको उहाँले जानकारी दिए ।

प्रसारण लाइनमा परेको आकस्मिक अवरोधका कारण उपभोक्तामा पर्न गएको असुविधालाई ध्यान दिदैँ जतिसक्दो छिटो समाधान गर्ने प्रयासमा प्राधिकरण लागेको भन्दै दैनिक जीवन तथा व्यावसायिक क्रियाकलापमा परेको प्रतिकूल प्रभावप्रति क्षमा मागेको छ । ‘पूर्ण तथा स्थिर विद्युत आपूर्तिको शीघ्र पुनःस्थापना हाम्रो प्राथमिकता हो,’ उनले भने, ‘आकस्मिक समस्यामा धैर्यता र सहयोगका लागि हाम्रा ग्राहक वर्गमा अपिल गर्दछौँ ।’

प्रकाशित मिति : १० जेठ २०८३, आइतबार  १० : ४० बजे

पाकिस्तानद्वारा अमेरिका र इरानलाई संयमता अपनाउन आग्रह

इस्लामावाद- पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इसहाक दारले अमेरिका र इरानलाई

३ प्रतिशत शिक्षा सेवा शुल्क खारेज गर्न निजी विद्यालय सञ्चालकहरूको माग (संयुक्त विज्ञप्तिसहित) 

काठमाडौं– निजी विद्यालय सञ्चालकहरूका विभिन्न संस्थाहरूले सरकारले लगाउँदै आएको ३

कतारका पूर्वअमिरको निधन

काठमाडौं- कतारका पूर्वअमिर शेख हमाद बिन खलिफा अल थानीको निधन

राजधानीको प्यास मेटाउने सुन्दरीजलमा नै खानेपानी अभाव

काठमाडौं– काठमाडौं उपत्यकाको प्रमुख खानेपानी आपूर्ति केन्द्र सुन्दरीजलका स्थानीय वर्षौंदेखि

डुबानमा परेको कीर्तिपुरबाट खरिपाटी लगियो ३१ घरका ८९ सुकुम्वासीलाई

काठमाडौं- कीर्तिपुर नगरपालिका–१० सुन्दरीघाटस्थित राधास्वामी सुकुम्बासी होल्डिङ सेन्टर डुबानमा परेपछि