आज २०८३ साल असार १० गते बुधबारको राशिफल « Khabarhub

आज २०८३ साल असार १० गते बुधबारको राशिफल


१० असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


462
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २०८३ साल असार १० गते बुधबार सन् २०२६ जुन २४ तारिख। जेठ शुक्ल पक्षको दशमी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष :  दिन राम्रो छ। कृषिमा गरेको लगानीबाट फाइदा हुनेछ । प्रष्ट वक्ता बन्न सकेमा तपाईंको प्रगति हुनेछ । शिक्षामा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ । राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ ।

वृष : दिन सामान्य छ । अचानक खर्च बढ्नेछ । स्वास्थ्यमा गढबढी हुनेछ । शिक्षामा गरेको प्रयास सफल बन्नेछ । विदेशको रमझमले मन आकर्षित हुनेछ । मेहनत गरेमा हरेक क्षेत्रमा सफलता मिल्ने देखिन्छ ।

मिथुन : दिन धेरै राम्रो छ। आम्दानी बढ्नेछ । शिक्षामा गरेको मिहिनेतको फल मिल्नेछ । बोलीमा सरस्वतीले बास गरेकाले बोलेको कुरा कार्यान्वयन हुनेछ । थोरै बोलेर अगाडि बढ्नु राम्रो हुन्छ । कतै भइरहेको शुभकार्यमा सरिक भइनेछ ।

कर्कट : बौद्धिक व्यक्तिसँगको भेटले काम बन्नेछ ।  दिन राम्रो छ । थोरै लगानी गरे पनि राम्रो आम्दानी हुने दिन छ । बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ । परिवारमा गोपनीयता भंग नगर्नु राम्रो हुनेछ । थोरै बोलेर अगाडि बढेमा दिन सहज बन्नेछ ।

सिंह : काम गर्दा सचेत बन्नुपर्ने छ । साथीभाइले गरेको आलोचना सुन्नुपर्ने हुनसक्छ । शनिदेव अनुकल भए तपाईंले गरेको काम सफल बन्नेछ । संकटमा परिवारको साथ र सहयोग मिल्नेछ । व्यवहार गर्दा भने तीन पटक सोच्नु उचित हुन्छ ।

कन्या : कृषि र पशुपन्छीको क्षेत्रमा लगानी गरेको भए फाइदा हुनेछ । दाजुभाइसँगको सहकार्यबाट लाभ मिल्नेछ । रोगको उपचारकोक्रममा भए स्वास्थ्यमा सुधार हुनेछ । संकटमा परिवारको साथ मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ । आफ्नतबाट उचित सल्लाह पाइने छ ।

तुला : परिवारको साथ मिल्नेछ । आज आम्दानी बढ्ने योग छ । साथीभाइसँगको भेटले मन प्रशन्न हुनेछ । स्वास्थ्यमा सुधार र पठनपाठनमा मन जानेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

वृश्चिक : दिन राम्रो छ । बोलेको कुरा कार्यान्वयन हुनेछ । शिक्षामा नाफा हुनेछ । स्वास्थ्यमा सुधार हुने योग छ । तपाईंले सुरुवात गरेका हरेक काम बन्नेछन् । स्वदेशमा विभिन्न विकल्प देखेर मनमा खुशीयाली छाउनेछ । परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ ।

धनु : स्वास्थ्यमा ख्याल गर्नुपर्ने दिन छ । अरुको विश्वास गर्दा घाटा हुनसक्छ । विवेक प्रयोग गर्नु राम्रो हुनेछ । घरका मानिसले भन्दा बाहिरका व्यक्तिले सहयोग गर्नेछन् । शिक्षा र स्वास्थ्यमा गरेको लगानीबाट फाइदा हुनेछ ।

मकर : दिन सामान्य छ । मन अशान्त हुनेछ । गुरुको साथ लिएर संकटलाई टार्न सकिनेछ । रोगले सताउने जोखिम छ । धार्मिक व्यक्तिसँगको सल्लाहमा अगाडि बढ्नु राम्रो हुनेछ ।

कुम्भ : दिन राम्रो छ । पढाइमा सफलता मिल्नेछ । मनलाई शान्त पार्न बिहान उठेर शिवको भजन सुनेमा फाइदा हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग रहेको छ । परीक्षा लेखेको श्रमको मूल्य मिल्नेछ ।

मीन : काम गर्दा सचेत हुनुपर्ने दिन छ ।  शिक्षामा गरेको प्रयास सफल हुनेछ । परिवारको साथ मिल्नेछ । बोली र व्यवहारमा एकरुपता देखाएमा दिन सहज बन्नेछ । मन मिल्ने मान्छेसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ ।

प्रकाशित मिति : १० असार २०८३, बुधबार  ५ : ३५ बजे

लुका मोड्रिचको २०० औं खेलमा क्रोएसिया विजयी, पानामा विश्वकपबाट बाहिरियो

टोरन्टो – पानामालाई १–० को झिनो अन्तरले पराजित गर्दै पूर्व

खेल सकिएपछि रोनाल्डोले क्यामराअघि चिच्याएर भने “म फर्किएँ !”

काठमाडौँ – आलोचना र दबाबका बीच क्रिस्टियानो रोनाल्डोले सानदार पुनरागमन

मनसुनी वायु फैलिँदै, केही भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

विश्वकप फाइनलमा अमेरिकी राष्ट्रपति ट्रम्प मुख्य आकर्षण बन्ने

न्यू जर्सी – विश्वकप फुटबलको फाइनल खेलको ट्रफी हस्तान्तरण समारोहमा

घानाविरुद्ध गोल गर्न चुक्यो इङ्ल्याण्ड : खेल बराबरीमा सकियो

काठमाडौँ – फिफा विश्वकप प्रतियोगिताअन्तर्गत भएको खेलमा इङ्ल्याण्ड र घानाले