घानाविरुद्ध गोल गर्न चुक्यो इङ्ल्याण्ड : खेल बराबरीमा सकियो « Khabarhub

घानाविरुद्ध गोल गर्न चुक्यो इङ्ल्याण्ड : खेल बराबरीमा सकियो


१० असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फिफा विश्वकप प्रतियोगिताअन्तर्गत भएको खेलमा इङ्ल्याण्ड र घानाले बराबरीमा टुंग्याएका छन् । समूह ‘एल’अन्तर्गतको आफ्नो दोस्रो खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका हुन्।

बोस्टन नजिकैको जिलेट स्टेडियममा ६३ हजार ९ सय ८३ दर्शकमाझ बुधबार राति भएको खेलमा इङ्ल्यान्डले अधिकांश समय बल आफ्नो नियन्त्रणमा राखेको थियो । खेलभरि इङ्ल्यान्डले विपक्षीको पोस्टमा १९ पटक प्रहार गरे पनि घानाका वैकल्पिक गोलरक्षक बेन्जामिन आसारे बाधक बने । घानाले भने खेल अवधिभर मात्र दुई पटक गोलको प्रयास गरेको थियो । इङ्ल्यान्डका निको ओ’रेलीले खेलको उत्तरार्धमा प्रहार गरेको हेड बल बारमा लागेर फर्किएपछि टोली जितबाट चुकेको थियो ।

पहिलो खेलमा क्रोएसियालाई ४–२ ले हराएर सनसनीपूर्ण सुरुवात गरेको इङ्ल्यान्डको यो फितलो प्रदर्शनले टोलीको विश्वकप उपाधि यात्राको सम्भावना माथि पुनः प्रश्न उठाएको छ । खेल अवधिभर इङ्ल्यान्डको प्रदर्शन गत युरो २०२४ को कमजोर लय जस्तै देखिएको थियो ।

यो बराबरीका बावजुद दुवै टोलीको अन्तिम ३२ (नकआउट चरण) मा पुग्ने सम्भावना भने बलियो छ । समूह ‘एल’ मा दुवै टोलीको दुई खेलबाट समान ४–४ अंक भएको छ । इङ्ल्यान्डले अब शनिबार मेटलाइफ स्टेडियममा पानामासँग समूह चरणको अन्तिम खेल खेल्नेछ । उक्त खेलमा पराजित नभए इङ्ल्यान्ड अर्को चरणमा प्रवेश गर्नेछ ।

विश्वकप इतिहासमा इङ्ल्यान्ड अहिलेसम्म कुनै पनि अफ्रिकी टोलीसँग पराजित भएको छैन र त्यो कीर्तिमान यस पटक पनि जोगिएको छ । फिफा वरीयतामा इङ्ल्यान्डभन्दा ६९ स्थान पछाडि (७३ औं स्थानमा) रहेको घानाले उत्कृष्ट रक्षात्मक खेल प्रदर्शन गर्‍यो ।

समूह चरणको आफ्नो पहिलो खेलमा इङ्ग्ल्याण्डले क्रोएसियालाई ४–२ गोलअन्तर र घानाले पानामालाई १–० गोलले पराजित गरेका थिए ।

विश्वकप प्रतियोगिताअन्तर्गत गए राति भएको खेलमा पोर्चुगलले उज्वेकिस्तानलाई ५–० गोलअन्तरले पराजित गरेको थियो । साथै आज बिहान ४ः४५ बजे पानमा र क्रोएसियाबीच खेल हुँदैछ । साथै बिहान ७ः४५ बजे कोलम्बिया र कङ्गोबीच खेल हुनेछ।

प्रकाशित मिति : १० असार २०८३, बुधबार  ६ : २८ बजे

रुस, युक्रेन र अमेरिकाबीच अबु धाबीमा वार्ता हुने सम्भावना

मस्को- रुस, युक्रेन र संयुक्त राज्य अमेरिकाबीच आगामी नोभेम्बरमा संयुक्त

जलवायु परिवर्तनले हिउँ चितुवाको बासस्थानमा ह्रास

काठमाडौँ- दुर्लभ हिउँचितुवाको संरक्षणका निम्ति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित २३

विगतका कमीकमजोरी सुधार्दै पार्टीलाई बलियो र एकताबद्ध बनाउछौँ : अजयबाबु

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री अजयबाबु शिवाकोटीले विगतका कमीकमजोरीहरूलाई सुधार

३,१५६ पाउन्डको फर्सीले विश्व कीर्तिमान बनाउने सम्भावना

हाफ मुन बे (क्यालिफोर्निया)- अमेरिकाको रोड आइल्यान्डमा उत्पादित तीन हजार

‘स्टारी नाइट’ को आकाश जुलाई १८८९ को हुन सक्ने

केप क्यानभेरल (फ्लोरिडा)- विश्वप्रसिद्ध चित्रकार भिन्सेन्ट भ्यान गगको चित्र ‘द