विश्वकप फाइनलमा अमेरिकी राष्ट्रपति ट्रम्प मुख्य आकर्षण बन्ने « Khabarhub

विश्वकप फाइनलमा अमेरिकी राष्ट्रपति ट्रम्प मुख्य आकर्षण बन्ने


१० असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

न्यू जर्सी – विश्वकप फुटबलको फाइनल खेलको ट्रफी हस्तान्तरण समारोहमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी हुने भएका छन् । फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले फाइनल खेल र पुरस्कार वितरण समारोहमा राष्ट्रपति ट्रम्पलाई सँगै सहभागी गराउने योजनाको पुष्टि गरेका हुन् ।

“हामी राष्ट्रपतिसँगै रहेर फाइनल खेलको रमाइलो लिनेछौं र विजेता टोलीलाई संयुक्त रूपमा ट्रफी हस्तान्तरण गर्नेछौं,” फिफा अध्यक्ष इन्फान्टिनोले फक्स न्युजसँगको कुराकानीमा भने । आगामी जुलाई १९ मा न्यू जर्सीको इस्ट रदरफोर्डमा हुने फाइनल खेलमा ट्रम्प र आफूले सँगै ट्रफी दिने कुरालाई स्पष्ट पार्दै उनले थपे, “अवश्य पनि, हामी सधैं सँगै हुनेछौं ।”

राष्ट्रपति ट्रम्प यसअघि गत वर्ष सोही रंगशालामा भएको क्लब विश्वकपको फाइनलमा पनि पुरस्कार वितरण समारोहमा सहभागी भएका थिए । चेल्सीले पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई ३–० ले हराएको उक्त खेलको ट्रफी वितरण अवधिभर ट्रम्प मञ्चमै थिए । पछि उक्त ट्रफी ह्वाइट हाउसको ‘ओभल अफिस’ मा समेत देखिएको थियो भने चेल्सी टोलीले त्यसको प्रतिलिपि (रेप्लिका) बुझेको चर्चा चलेको थियो ।

‘द एथलेटिक’ ले फिफा स्रोतलाई उद्धृत गर्दै जनाएअनुसार, फिफा अध्यक्ष इन्फान्टिनोले जारी विश्वकपका सकेसम्म धेरै खेलहरूमा उपस्थिति जनाउने प्रयास गरिरहेका छन् ।

इन्फान्टिनोले हालसम्म दैनिक दुईवटा खेलसम्म हेर्दै आएका छन् भने अमेरिकी राष्ट्रपति ट्रम्पले जारी विश्वकपमा अहिलेसम्म कुनै पनि खेल मैदानमा पुगेर हेरेका छैनन् ।

प्रकाशित मिति : १० असार २०८३, बुधबार  ६ : ४० बजे

जलवायुजन्य विपतका प्रभावितलाई न्यायको माग गर्दै वसन्तपुरमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– जलवायु परिवर्तनका कारण बढ्दो विपद् र जलवायु न्यायको माग

नेपाली कांग्रेसको महाधिवेशनमा केन्द्रीय कार्यसमितिको मनोनयन दर्ता सोमबार हुने

काठमाडौं- नेपाली कांग्रेसको आगामी १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका

आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको कूटनीतिलाई राष्ट्रिय आर्थिक हित र

वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै

काठमाडौं– रसुवामा बाढीका कारण क्षतिग्रस्त गल्छी-वेत्रावती सडकखण्डमा अस्थायी ट्र्याक खुलेसँगै

जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर

काठमाडौं– शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले सान्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान) सँगको सहकार्यमा