मेस्सीसँगको भिडन्त ‘अद्भूत’ हुनेछ: क्रिस्टियानो रोनाल्डो « Khabarhub

मेस्सीसँगको भिडन्त ‘अद्भूत’ हुनेछ: क्रिस्टियानो रोनाल्डो

गोल्डेन बुटको दौडमा रहेका मेस्सी, एमबाप्पे र हालान्डबारे सोधिएको अर्को प्रश्नमा रोनाल्डोले जंगिएर भने ‘अर्को प्रश्न’


१० असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

ह्युस्टन – पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले विश्वकपको नकआउट चरणमा लियोनेल मेस्सीको अर्जेन्टिनासँगको भिडन्त ‘अद्भूत’ हुने बताएका छन् । मंगलबार भएको समूह ‘के’ को खेलमा उज्वेकिस्तानविरुद्ध ५-० को जित निकाल्ने क्रममा दुई गोल गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

विश्वकप इतिहासमै ६ वटा फरक संस्करणमा गोल गर्ने पहिलो पुरुष खेलाडीको कीर्तिमान बनाएका ४१ वर्षीय रोनाल्डोले चिरपरिचित प्रतिद्वन्द्वी मेस्सीसँगको सम्भावित भेटबारे भने, “यसको जवाफ कसरी दिने मलाई थाहा छैन। तर, जे होस् त्यो भिडन्त अद्भूत (असम) हुनेछ ।” उनीहरूले आफ्नो ऐतिहासिक खेल जीवनमा हालसम्म कुनै पनि ठूलो अन्तर्राष्ट्रिय प्रतियोगितामा एकअर्काको सामना गरेका छैनन् । पोर्चुगल र अर्जेन्टिना नकआउट चरणको एउटै ‘ड्र’ तर्फ पर्न सक्ने सम्भावना बलियो छ ।

प्रतियोगिताको गोल्डेन बुटको दौडमा रहेका मेस्सी, किलियन एमबाप्पे र अर्लिङ हालान्डबारे सोधिएको अर्को प्रश्नमा भने रोनाल्डो जंगिएका थिए । उनले “अर्को प्रश्न” भन्दै मेस्सीसँग जोडिएको विषयलाई पन्छाए ।

पहिलो खेलमा कंगो प्रजातान्त्रिक गणतन्त्र (डीआर कंगो) सँग बराबरीमा रोकिएपछि रोनाल्डो र पोर्चुगिज टोलीले घरेलु सञ्चारमाध्यमबाट चर्को आलोचना खेपेका थिए । सुरुवाती ११ मा रोनाल्डोको स्थानमाथि नै प्रश्न उठाइएको थियो । आलोचकहरूलाई मैदानबाटै जवाफ दिएका रोनाल्डोले भने, “यो हप्ता हाम्रा लागि निकै कठिन रह्यो । जनता र मिडिया हामीमाथि, विशेषगरी म र प्रशिक्षक रोबर्टो मार्टिनेजमाथि खनिएका थिए ।”

आफ्नो २३ वर्ष लामो व्यावसायिक खेल जीवनको अनुभव सुनाउँदै रोनाल्डोले थपे, “खेल राम्रो हुँदा ‘क्रिस्टियानो उत्कृष्ट छ’ भन्छन्, बिग्रिनासाथ ‘क्रिस्टियानोले संन्यास लियो, उनी बुढो भए’ भन्न थाल्छन् । यो सधैं यस्तै हो, मलाई यसले फरक पार्दैन । हामीले आज खेलबाटै सही जवाफ दिएका छौं ।”

ह्युस्टनमा भएको खेलको छैटौं मिनेटमै गोल गर्दै रोनाल्डोले पोर्चुगललाई अग्रता दिलाएका थिए भने पहिलो हाफ नसकिँदै व्यक्तिगत दोस्रो गोल गरे । पोर्चुगलको जितमा नुनो मेन्डिसले एक गोल गरे भने उज्वेकिस्तानका अब्दुभोहिद नेमातोभबाट आत्मघाती गोल हुन पुग्यो । खेलको अन्त्यतिर राफेल लियोले पाँचौं गोल थपेका थिए ।

यो जितसँगै पोर्चुगल समूहको शीर्ष स्थानमा उक्लिँदै नकआउट चरणनजिक पुगेको छ । पोर्चुगलले आगामी शनिबार मियामी गार्डेन्समा कोलम्बियाको सामना गर्नेछ, जहाँ टोलीको लक्ष्य मेस्सीको अर्जेन्टिनाजस्तै समूह विजेता बन्दै अगाडि बढ्ने हुनेछ ।

प्रकाशित मिति : १० असार २०८३, बुधबार  ८ : ४९ बजे

जलवायुजन्य विपतका प्रभावितलाई न्यायको माग गर्दै वसन्तपुरमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– जलवायु परिवर्तनका कारण बढ्दो विपद् र जलवायु न्यायको माग

नेपाली कांग्रेसको महाधिवेशनमा केन्द्रीय कार्यसमितिको मनोनयन दर्ता सोमबार हुने

काठमाडौं- नेपाली कांग्रेसको आगामी १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका

आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको कूटनीतिलाई राष्ट्रिय आर्थिक हित र

वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै

काठमाडौं– रसुवामा बाढीका कारण क्षतिग्रस्त गल्छी-वेत्रावती सडकखण्डमा अस्थायी ट्र्याक खुलेसँगै

जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर

काठमाडौं– शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले सान्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान) सँगको सहकार्यमा