सात देश विश्वकपको नकआउट चरणमा : अन्तिम ३२ मा पुगेका टिम कुन कुन हुन् ? « Khabarhub

सात देश विश्वकपको नकआउट चरणमा : अन्तिम ३२ मा पुगेका टिम कुन कुन हुन् ?


१० असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फिफा विश्वकप २०२६ मा साविक विजेता अर्जेन्टिना, आयोजकद्वय अमेरिका र मेक्सिकोसहित ७ टोलीले दोस्रो चरण अर्थात् अन्तिम ३२ मा आफ्नो स्थान सुरक्षित गरेका छन् ।

समूह चरणका खेल रोमाञ्चक मोडमा पुग्दा युरोपेली र दक्षिण अमेरिकी पावरहाउसले नकआउट चरणको यात्रा तय गरेका हुन् ।

यसपटक अन्तिम ३२ मा स्थान पक्का गर्ने टोलीमा दक्षिण अमेरिकाबाट उपाधि दावेदार अर्जेन्टिना र कोलम्बिया रहेका छन् । त्यस्तै युरोपेली क्षेत्रबाट बलिया टोली जर्मनी, फ्रान्स र नर्वेले पनि सुरुवाती खेलमा उत्कृष्ट प्रदर्शन गर्दै अघिल्लो चरणको टिकट काटेका हुन् ।

घरेलु मैदान र समर्थकको भरपूर फाइदा उठाउँदै उत्तर अमेरिकी महादेशका आयोजक राष्ट्र अमेरिका र मेक्सिकोले पनि समूह चरण पार गरेका छन् । ४८ टोली सहभागी यस विश्वकपमा बाँकी टोलीका लागि पनि अन्तिम ३२ को दौड निकै प्रतिस्पर्धात्मक बनेको छ ।

प्रकाशित मिति : १० असार २०८३, बुधबार  १० : ३८ बजे

मकवानपुर दुर्घटनाका घाइतेको निःशुल्क उपचार र पीडितलाई राहत दिन कांग्रेसको माग

काठमाडौँ – मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीमा भएको माइक्रोबस दुर्घटनाप्रति नेपाली

चार जना न्यायाधीश सर्वोच्च अदालतमा नियुक्त

काठमाडौँ–  राष्ट्रपति रामचन्द्र पौडेलले चार जना न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा

इरान युद्धबाट ध्यान हटाएर अपराध नियन्त्रणमा केन्द्रित हुन भान्सलाई ट्रम्पको निर्देशन

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सलाई इरान युद्धबाट

क्षेत्रीय स्वास्थ्य सहकार्य बलियो बनाउन बिम्स्टेक राष्ट्रलाई मन्त्री मेहताको आग्रह

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बिम्स्टेक सदस्य राष्ट्रहरूबीच क्षेत्रीय

टस जितेर काठमाडौँले सुदूपश्चिमलाई दियो ब्याटिङको निम्तो

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबारको पहिलो खेलमा