रोनाल्डो भन्छन् : विश्वकपमा मेस्सीसँगको भिडन्त साँच्चिकै अद्भुत हुनेछ « Khabarhub

रोनाल्डो भन्छन् : विश्वकपमा मेस्सीसँगको भिडन्त साँच्चिकै अद्भुत हुनेछ


१० असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ह्युस्टनमा मंगलबार उज्बेकिस्तानमाथि ५–० को शानदार जित निकालेपछि पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डो उत्साहित छन् ।

जारी विश्वकपको दोस्रो खेलमा दुई गोलसहित खाता खोलेका उनले उत्कृष्ट प्रदर्शन पनि गरे । लगातार छैटौँ विश्वकपमा गोलको रेकर्ड बनाएका उनी म्यान अफ द म्याच पनि भए ।

समूह ‘के’ मा कंगो डीआरसँगको बराबरी खेलमा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेका ४१ वर्षीय रोनाल्डोले उज्बेकिस्तानविरुद्ध खेलको छैटौं मिनेटमै गोल गरे ।

उनले पहिलो हाफमै दोस्रो गोल थपेका थिए । उता त्यसबीचमा न्युनो मेन्डेसले फ्री किकमार्फत उत्कृष्ट गोल गरे। रोनाल्डोको दुई गोलसँगै उनी पुरुष विश्वकपको इतिहासमा ६ वटा विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बनेका छन्।

उज्बेकिस्तानका अब्दुभोहिद नेमाटोभले आत्मघाती गोल गर्न पुगे। खेलको अन्त्यतिर राफायल लियोको गोलसँगै पोर्चुगलले ५–० को सहज जित दर्ता गर्‍यो। यस जितपछि पोर्चुगल समूहको शीर्ष स्थानमा उक्लिएको छ। यस जितसँगै पोर्चुगल नकआउट चरण नजिक पुगेको छ ।

उनै पोर्चुगलका कप्तान रोनाल्डोले पोस्ट म्याच संवादका क्रममा समकालीन विश्व फुटबलका अर्का सुपरस्टार लियोनेल मेस्सीबारे रोचक कुरा बोलेका छन् ।

विश्वकपको नकआउट चरणमा लियोनेल मेस्सी नेतृत्वको अर्जेन्टिनासँग भेट हुन सक्ने सम्भावनालाई उनले पत्रकारहरूमाझ ‘अद्भुत’ भनेका छन् ।

तस्बिर फिफा

समूहको पहिलो खेलमा बराबरीपछि दोस्रोमा जित निकालेको पोर्चुगलको भेट मेस्सी नेतृत्वको अर्जेन्टिनासँग हुने सम्भावना छ।

आफ्नो लामो करियरमा रोनाल्डो र मेस्सीले कुनै पनि प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगिताको नकआउट चरणमा एकअर्काविरुद्ध खेल्ने अवसर पाएका छैनन्।

उज्बेकिस्तानविरुद्ध शान्दार जितपछि मेस्सीसँग सम्भावित भेटबारे सोधिएको प्रश्नमा रोनाल्डोले भने, ‘मलाई यसको जवाफ कसरी दिने थाहा छैन। तर त्यो साँच्चै अद्भुत हुनेछ।’

उनले उज्बेकिस्तानविरुद्धको जितलाई महत्वपूर्ण भने । ‘आजको सबैभन्दा महत्त्वपूर्ण कुरा जित निकालेर अर्को चरणतर्फ अघि बढ्नु थियो। हाम्रो मुख्य लक्ष्य समूह चरण पार गर्नु थियो र हामीले त्यो पूरा गर्‍यौं’, उनले थपे।

कंगो डिआरसँगको बराबरीपछि पोर्चुगल टोली र विशेषगरी रोनाल्डो तथा प्रशिक्षक रोबेर्टो मार्टिनेजको चर्को आलोचना भएको थियो।

यसबारे रोनाल्डोले भने, ‘यो निकै कठिन साता थियो। सार्वजनिक रूपमा सबै खेलाडी, विशेषगरी म र प्रशिक्षकको कडा आलोचना भयो। तर मलाई त्यसको मतलब छैन। म २३ वर्षदेखि व्यावसायिक फुटबलमा छु। राम्रो हुँदा ‘क्रिस्टियानो उत्कृष्ट छन्’ भनिन्छ, नराम्रो हुँदा ‘उनी अब सकिए, धेरै बूढा भए’ भनिन्छ। यस्तै भइरहन्छ। तर आज हामीले मैदानमै जवाफ दिएका छौं।’

उनलाई पत्रकारले अर्को पनि प्रश्न सोधे । मेस्सी, किलियन एम्बाप्पे र एर्लिङ हालान्डबीच गोल्डेन बुटको प्रतिस्पर्धाबारे सोधिएको प्रश्नलाई भने रोनाल्डोले टारिदिए । उनले त्यसको जवाफ नदिई ‘अर्को प्रश्न’ भनेर पन्छिए ।

उनले भने, ‘सबैभन्दा महत्त्वपूर्ण कुरा टोली हो, हामीले टोलीसँग एकताबद्ध हुनु हो। बाहिरबाट आउने कुरा हामी नियन्त्रण गर्न सक्दैनौं। हामीलाई थाहा छ, जित्न सकेनौं भने मुख्यत: मलाई निशाना बनाइन्छ।’

पोर्चुगलले अब शनिबार मियामी गार्डेन्समा कोलम्बियाविरुद्ध समूह चरणको अन्तिम खेल खेल्नेछ। उक्त खेलमा जित निकाल्दै पोर्चुगल समूह विजेता बन्ने दाउमा छ।

प्रकाशित मिति : १० असार २०८३, बुधबार  २ : १५ बजे

१४५ दिनपछि प्रतिनिधिसभाको दोस्रो अधिवेशन सकियो, ३५ विधेयक दर्ता, २० विचाराधीन र ११ प्रमाणीकरण

काठमाडौं- सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि

कांग्रेस महाधिवेशनमा रवि, ओली र दाहाल उपस्थित हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

ताइवान आइपुगे अमेरिकाबाट खरिद गरिएका नयाँ एफ-१६ भी फाइटर जेट

एजेन्सी- चीनसँग तनाव जारी रहेका बेला अमेरिकाबाट खरिद गरेका ६६

काठमाडौंमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित विशेष सुरक्षा योजना

चीन र स्पेनबीच निकटता बढ्दा ईयू सदस्य राष्ट्रमा आक्रोश चर्किँदै

काठमाडौं- युरोपेली संघले चीनबाट आयात हुने विद्युतीय सवारी साधनमाथि थप