रास्वपा महाधिवेशन : केन्द्रीय सदस्यमा ३८४ जनाले दिए उम्मेदवारी (सूचीसहित) « Khabarhub

रास्वपा महाधिवेशन : केन्द्रीय सदस्यमा ३८४ जनाले दिए उम्मेदवारी (सूचीसहित)


१० असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– काठमाडौं- चितवनमा चार दिनदेखि जारी राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनअन्तर्गत बुधबार दिउँसोदेखि निर्वाचन प्रक्रियाले गति लिएको छ।

नयाँ नेतृत्वका लागि मुख्य पदहरूमा भागबन्डा भए पनि केन्द्रीय सदस्यका लागि चुनाव हुँदैछ । त्यसका लागि ३८४ जनाले उम्मेदवारी दिएका छन्।

केन्द्रीय निर्वाचन आयोगले चितवनस्थित महाधिवेशनस्थलमा टाँसेको सूचीमा ३८४ जनाको नाम समावेश भएको नेतृ सरिता ज्ञवालीले जानकारी दिइन्।

ज्ञवालीका अनुसार अहिले निर्वाचनस्थलमा सूची टाँसिसकिएको छ। अब ती नाममा दाबी विरोधको प्रक्रिया सुरू हुनेछ ।

दाबी विरोधको समय सीमा सकिएपछि इलेक्ट्रोनिक भोटिङ मेसिनलाई ३८४ जनाको नाम उपलब्ध गराइनेछ । भोटिङ मेशिनमा उम्मेदवारको नाम अपडेट भएपछि मतदान प्रक्रिया सुरू हुनेछ ।

मतदानका लागि नुवाकोटका राम-लक्ष्मण खनालले इलेक्ट्रोनिक भोटिङ मेशिन बनाएका छन् । मेशिन निर्माता राम रिमालका अनुसार ३८४ जनाको नाम दर्ता गर्न ४ देखि ५ घण्टा लाग्नेछ। त्यसपछि मतदान थालिनेछ ।

प्रकाशित मिति : १० असार २०८३, बुधबार  ४ : २३ बजे

भोटेकोशी बाढी : ६६९ जनाको शव भेटियो, दुई हजार ३०१ जनाको उद्धार

काठमाडौं– भोटेकोशी हुँदै त्रिशूली  नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

गोरखामा भेटिएका २९ शवको अन्त्येष्‍टि गरियो

गोरखा– भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको बगरमा

पूर्वाञ्चल विश्वविद्यालयका कर्मचारीको तलब विपद् कोषमा जम्मा गरिने

काठमाडौं–  प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउन

भोटेकोशी बाढी : राहत सामग्रीका विषयमा मन्त्री चौधरीले गरिन् सांसदसँग छलफल

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भोटेकोशी बाढी प्रभावित

रसुवा बाढी : २ सय २७ शव व्यवस्थापनका लागि लगिँदै

चितवन – रसुवा क्षेत्रमा आएको बाढीमा परी नारायणी नदीमा भेटिएका बेवारिसे