रास्वपा महाधिवेशन : केन्द्रीय सदस्यमा ३८४ जनाले दिए उम्मेदवारी (सूचीसहित) « Khabarhub

रास्वपा महाधिवेशन : केन्द्रीय सदस्यमा ३८४ जनाले दिए उम्मेदवारी (सूचीसहित)


१० असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– काठमाडौं- चितवनमा चार दिनदेखि जारी राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनअन्तर्गत बुधबार दिउँसोदेखि निर्वाचन प्रक्रियाले गति लिएको छ।

नयाँ नेतृत्वका लागि मुख्य पदहरूमा भागबन्डा भए पनि केन्द्रीय सदस्यका लागि चुनाव हुँदैछ । त्यसका लागि ३८४ जनाले उम्मेदवारी दिएका छन्।

केन्द्रीय निर्वाचन आयोगले चितवनस्थित महाधिवेशनस्थलमा टाँसेको सूचीमा ३८४ जनाको नाम समावेश भएको नेतृ सरिता ज्ञवालीले जानकारी दिइन्।

ज्ञवालीका अनुसार अहिले निर्वाचनस्थलमा सूची टाँसिसकिएको छ। अब ती नाममा दाबी विरोधको प्रक्रिया सुरू हुनेछ ।

दाबी विरोधको समय सीमा सकिएपछि इलेक्ट्रोनिक भोटिङ मेसिनलाई ३८४ जनाको नाम उपलब्ध गराइनेछ । भोटिङ मेशिनमा उम्मेदवारको नाम अपडेट भएपछि मतदान प्रक्रिया सुरू हुनेछ ।

मतदानका लागि नुवाकोटका राम-लक्ष्मण खनालले इलेक्ट्रोनिक भोटिङ मेशिन बनाएका छन् । मेशिन निर्माता राम रिमालका अनुसार ३८४ जनाको नाम दर्ता गर्न ४ देखि ५ घण्टा लाग्नेछ। त्यसपछि मतदान थालिनेछ ।

प्रकाशित मिति : १० असार २०८३, बुधबार  ४ : २३ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र