चीनसँग विज्ञान–प्रविधि सहकार्य अघि बढाउने तयारी, मन्त्री पुन र चिनियाँ राजदूतबीच छलफल « Khabarhub

चीनसँग विज्ञान–प्रविधि सहकार्य अघि बढाउने तयारी, मन्त्री पुन र चिनियाँ राजदूतबीच छलफल


१० असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन र नेपालका लागि चाङ माओमिङबीच विज्ञान, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा सहकार्य विस्तारबारे बुधबार छलफल भएको छ।

मन्त्री पुनले बुधबार मन्त्रालयमा भएको भेटवार्तापछि सामाजिक सञ्जालमार्फत जानकारी दिँदै सन् २०२३ मा भएको विज्ञान, प्रविधि तथा नवप्रवर्तनसम्बन्धी सहकार्य सम्झौतालाई कार्यान्वयनतर्फ अघि बढाउन समिति गठन गर्ने विषयमा छलफल भएको बताएका छन्।

सम्झौता भए पनि हालसम्म त्यसको कार्यान्वयनमा उल्लेख्य प्रगति हुन नसकेको उनले बताएका छन्। त्यसलाई प्रभावकारी रूपमा अगाडि बढाउन दुवै पक्ष सहमत भएका उनले बताएका छन् ।

भेटका क्रममा नेपालमा नवप्रवर्तन केन्द्रहरूको विकास, जैविक प्रविधि क्षेत्रमा अनुसन्धान तथा विकास, उच्च हिमाली क्षेत्र तथा हिमाली जडीबुटीको अनुसन्धान, वातावरणीय तथा पारिस्थितिक अनुगमनका लागि उपग्रह तथ्याङ्क साझेदारी गर्ने सहमति भएको उनले बताए।

त्यस्तै, जलवायु परिवर्तनसम्बन्धी अनुसन्धान, कृत्रिम बुद्धिमत्ता (एआई) तथा डिजिटल रूपान्तरणमा सहकार्य, साथै अनुसन्धानकर्ता र वैज्ञानिकहरूको आदानप्रदान तथा तालिमका विषयमा छलफल भएको मन्त्री पुनले बताएका छन्।

भेटवार्तामा चिनियाँ राजदूतले चीनले आफ्नो कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब २.८ प्रतिशत हिस्सा अनुसन्धान तथा विकासमा लगानी गर्दै आएको जानकारी दिएका थिए।

राजदूत माओमिङले चीन सरकारले विज्ञान, प्रविधि र नवप्रवर्तनको विकासका लागि तयार गरेको १५औँ पञ्चवर्षीय योजनाबारे पनि जानकारी गराएका थिए। साथै सो योजनासम्बन्धी विस्तृत दस्तावेज मन्त्री पुनलाई हस्तान्तरण गरेका थिए।

मन्त्री पुनले उक्त दस्तावेजबाट नेपालले पनि विज्ञान, प्रविधि तथा नवप्रवर्तन क्षेत्रको विकासका लागि आवश्यक अनुभव र ज्ञान हासिल गर्न सक्ने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित मिति : १० असार २०८३, बुधबार  ७ : ५१ बजे

पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु

काबुल – पूर्वी अफगानिस्तानमा भारी वर्षापछि आएको आकस्मिक बाढीमा परी

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौं – भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

सिक्किममा हिमालयन इन्टरनेशनल अवार्ड–२०२६ सम्पन्न, दर्जनौं स्रष्टा र कलाकार सम्मानित

सिक्किम – नेपाली भाषा, साहित्य, कला, संगीत तथा संस्कृतिको संरक्षण,

विराटनगरमा आत्मदाह प्रयास गरेका युवकलाई प्रहरीले गर्‍यो सकुशल उद्धार

विराटनगर – विराटनगरमा आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका

धनुषा प्रहरीद्वारा एकै दिन ४४ फरार प्रतिवादी पक्राउ

जनकपुरधाम – जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवाना