बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार « Khabarhub

बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार


१० असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरमा बुधबार पहिरोमा पुरिएको गाडीबाट चालकको उद्धार गरिएको छ ।

बेनी–जोमसोम सडकमा पर्ने महभिरमा साँझ ८ बजेको समयमा गुडिरहेको गाडी भिरबाट खसेको पहिरोले पुरिएका चालकको सुरक्षाकर्मीहरूको टोलीले उद्धार गरेर बेनी अस्पतालमा पठाएको हो ।

घटनास्थलमा रहेका म्याग्दीका प्रहरी नायब उपरीक्षक राजन कार्कीका अनुसार पहिरोमा पुरिएकाले गाडीको नम्बर पहिचान भएको छैन ।

गाडीको चालक सिटमा रहेका ती व्यक्तिलाई अचेत अवस्थामा उद्धार गरिएको हो । उद्दार गरिएका व्यक्तिको पनि पहिचान नखुलेको प्रनाउ कार्कीले बताए ।

पहिरोका कारण बेनी–जोमसोम सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्य, प्रनाउ कार्की, सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक विमल सिलवालसहित ४० जनाको टोली बेनीदेखि १८ किलोमिटर उत्तरमा पर्ने महभिर पुगेर उद्धार गरेको हो ।

प्रकाशित मिति : १० असार २०८३, बुधबार  १० : ०३ बजे

बाढीपहिरोले क्षति गरेको बेनी–जोमसोम सडक मर्मत सुरु

म्याग्दी– पछिल्लो झरीपछिको बाढीपहिरोका कारण क्षति पुगेको म्याग्दीको सदरमुकाम बेनीदेखि

सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको

कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशन प्रक्रिया सुरु, आज वडा अधिवेशन

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशन

लामिन यामल भन्छन्- मेसी विश्वकै सर्वोत्कृष्ट फुटबलर हुन्

काठमाडौँ – बार्सिलोनाका युवा स्टार स्ट्राइकर लामिन यामलले अर्जेन्टिनी कप्तान

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर