रास्वपा महाधिवेशन : मतदान समय आधा घण्टा पछि सारियो « Khabarhub

रास्वपा महाधिवेशन : मतदान समय आधा घण्टा पछि सारियो


१० असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय समिति निर्वाचनको मतदान बुधबार राति साढे १० बजेदेखि सुरु हुने भएको छ।

यसअघि राति १० बजेदेखि मतदान सुरु हुने कार्यतालिका रहे पनि प्राविधिक तथा व्यवस्थापकीय तयारीका कारण समय आधा घण्टा पछि सारिएको जनाइएको छ।

पार्टीको केन्द्रीय निर्वाचन आयोगले जारी गरेको सूचनाअनुसार मतदान प्रक्रिया बुधबार राति साढे १० बजेदेखि सुरु भई बिहीबार बिहान १० बजेसम्म सञ्चालन हुनेछ। आयोगले निर्वाचनलाई व्यवस्थित, पारदर्शी र निष्पक्ष ढंगले सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

आयोगले महाधिवेशन प्रतिनिधिहरूलाई तोकिएको समयभित्र मतदान केन्द्रमा उपस्थित भई आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरेको छ। मतदान स्थल, डिजिटल मतपत्र तथा निर्वाचन प्रक्रियासम्बन्धी अन्य व्यवस्थाबारे प्रतिनिधिहरूलाई छुट्टै जानकारी गराइने पनि आयोगले जनाएको छ।

केन्द्रीय समिति चयनका लागि हुन लागेको निर्वाचनलाई रास्वपाको संगठनात्मक भविष्यसँग जोडेर हेरिएको छ। आयोगले निर्वाचन सफल बनाउन उम्मेदवार, प्रतिनिधि तथा सम्बन्धित सबै पक्षको सहयोग आवश्यक रहेको उल्लेख गरेको छ।

प्रकाशित मिति : १० असार २०८३, बुधबार  १० : २० बजे

बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

म्याग्दी- म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको छ

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा– पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री फूल । झापाको

भोटेकोशी बाढी : डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके- गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६