रास्वपा महाधिवेशन : मतदान समय आधा घण्टा पछि सारियो « Khabarhub

रास्वपा महाधिवेशन : मतदान समय आधा घण्टा पछि सारियो


१० असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय समिति निर्वाचनको मतदान बुधबार राति साढे १० बजेदेखि सुरु हुने भएको छ।

यसअघि राति १० बजेदेखि मतदान सुरु हुने कार्यतालिका रहे पनि प्राविधिक तथा व्यवस्थापकीय तयारीका कारण समय आधा घण्टा पछि सारिएको जनाइएको छ।

पार्टीको केन्द्रीय निर्वाचन आयोगले जारी गरेको सूचनाअनुसार मतदान प्रक्रिया बुधबार राति साढे १० बजेदेखि सुरु भई बिहीबार बिहान १० बजेसम्म सञ्चालन हुनेछ। आयोगले निर्वाचनलाई व्यवस्थित, पारदर्शी र निष्पक्ष ढंगले सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

आयोगले महाधिवेशन प्रतिनिधिहरूलाई तोकिएको समयभित्र मतदान केन्द्रमा उपस्थित भई आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरेको छ। मतदान स्थल, डिजिटल मतपत्र तथा निर्वाचन प्रक्रियासम्बन्धी अन्य व्यवस्थाबारे प्रतिनिधिहरूलाई छुट्टै जानकारी गराइने पनि आयोगले जनाएको छ।

केन्द्रीय समिति चयनका लागि हुन लागेको निर्वाचनलाई रास्वपाको संगठनात्मक भविष्यसँग जोडेर हेरिएको छ। आयोगले निर्वाचन सफल बनाउन उम्मेदवार, प्रतिनिधि तथा सम्बन्धित सबै पक्षको सहयोग आवश्यक रहेको उल्लेख गरेको छ।

प्रकाशित मिति : १० असार २०८३, बुधबार  १० : २० बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले