धर्मेन्द्रको राजीनामापछि जन्तर मन्तरमा उत्साह, कक्रोच नेताले के भने ? « Khabarhub

धर्मेन्द्रको राजीनामापछि जन्तर मन्तरमा उत्साह, कक्रोच नेताले के भने ?


९ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतीय ​शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामालाई लिएर कक्रोच जनता पार्टीका अध्यक्ष अभिजीत दीपकेको पहिलो प्रतिक्रिया सार्वजनिक भएको छ । प्रधानको राजीनामाबारे अभिजीत दीपकेले भनेका छन्, ‘संसार झुक्छ, झुकाउने मान्छे चाहियो ।’

उनले भने, ‘यस सरकारमा राजीनामा हुँदैन भनिन्थ्यो। तर राजीनामा भयो । कहिलेसम्म बस्छौ भन्थे, ३६ दिनसम्म हरेक दिन मलाई राजीनामा हुँदैन भनेर सोधिन्थ्यो । तर सरकार झुक्यो । क्रान्ति हुँदैन भन्थे, तर क्रान्ति भयो ।’ अभिजीत दीपके र उनका समर्थकहरू दिल्लीको जन्तरमन्तरमा धर्मेन्द्र प्रधानको राजीनामाको उत्सव मनाइरहेका छन् ।

विरोध प्रदर्शन स्थलमा खुसीको माहौल छ । अभिजीत दीपके र उनका साथीहरू यतिबेला जन्तर-मन्तरमा उत्सव मनाइरहेका छन् । ‘जब म अमेरिकाबाट निस्किएको थिएँ, तब के होला भनेर भनिन्थ्यो। तर धर्मेन्द्र प्रधानले राजीनामा दिनुपर्‍यो ।’ दीपकेले भनेका छन् ।

ककरोच जनता पार्टीले धर्मेन्द्र प्रधानको राजीनामामा खुसी व्यक्त गर्दै एक्समा पोस्टमा लेखेको छ, ‘लोकतन्त्रको जित भयो’ । यसका साथै दीपकेको एउटा भिडियो पनि बाहिर आएको छ, जसमा उनी फोनमा कुरा गर्दै खुसीले नाचिरहेको देखिन्छन् । उनको वरपर उत्सवको आवाज सुन्न सकिन्छ ।

प्रकाशित मिति : ९ श्रावण २०८३, शनिबार  ३ : ४९ बजे

दसैँ मनाउन बाहिरिएकाहरु धमाधम काठमाडौं फर्किँदै

काठमाडौं- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेका

एनपीएलका लागि पाकिस्तानी कप्तान फरहान नेपालमा

काठमाडौं- कर्णाली याक्समा अनुबन्ध भएका पाकिस्तान टी–२० टिमका कप्तान साहबजादा

फिलिपिन्समा दुई प्रशिक्षण विमान दुर्घटना हुँदा वायुसेनाका चार पाइलटको मृत्यु

मनिला- उत्तरी फिलिपिन्सको बाताङ्गास प्रान्तमा शुक्रबार प्रशिक्षण उडानका क्रममा दुईवटा

तीन महिनामा चितवनका २८ जनाले त्यागे नागरिकता

नारायणगढ (चितवन)- जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय

संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि जनतामाझ जान लागेका हौँ : माधव नेपाल

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले संविधान र