धर्मेन्द्रको राजीनामापछि जन्तर मन्तरमा उत्साह, कक्रोच नेताले के भने ? « Khabarhub

धर्मेन्द्रको राजीनामापछि जन्तर मन्तरमा उत्साह, कक्रोच नेताले के भने ?


९ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतीय ​शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामालाई लिएर कक्रोच जनता पार्टीका अध्यक्ष अभिजीत दीपकेको पहिलो प्रतिक्रिया सार्वजनिक भएको छ । प्रधानको राजीनामाबारे अभिजीत दीपकेले भनेका छन्, ‘संसार झुक्छ, झुकाउने मान्छे चाहियो ।’

उनले भने, ‘यस सरकारमा राजीनामा हुँदैन भनिन्थ्यो। तर राजीनामा भयो । कहिलेसम्म बस्छौ भन्थे, ३६ दिनसम्म हरेक दिन मलाई राजीनामा हुँदैन भनेर सोधिन्थ्यो । तर सरकार झुक्यो । क्रान्ति हुँदैन भन्थे, तर क्रान्ति भयो ।’ अभिजीत दीपके र उनका समर्थकहरू दिल्लीको जन्तरमन्तरमा धर्मेन्द्र प्रधानको राजीनामाको उत्सव मनाइरहेका छन् ।

विरोध प्रदर्शन स्थलमा खुसीको माहौल छ । अभिजीत दीपके र उनका साथीहरू यतिबेला जन्तर-मन्तरमा उत्सव मनाइरहेका छन् । ‘जब म अमेरिकाबाट निस्किएको थिएँ, तब के होला भनेर भनिन्थ्यो। तर धर्मेन्द्र प्रधानले राजीनामा दिनुपर्‍यो ।’ दीपकेले भनेका छन् ।

ककरोच जनता पार्टीले धर्मेन्द्र प्रधानको राजीनामामा खुसी व्यक्त गर्दै एक्समा पोस्टमा लेखेको छ, ‘लोकतन्त्रको जित भयो’ । यसका साथै दीपकेको एउटा भिडियो पनि बाहिर आएको छ, जसमा उनी फोनमा कुरा गर्दै खुसीले नाचिरहेको देखिन्छन् । उनको वरपर उत्सवको आवाज सुन्न सकिन्छ ।

प्रकाशित मिति : ९ श्रावण २०८३, शनिबार  ३ : ४९ बजे

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन

कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ अधिवेशनका रूपमा अघि बढाउने

काठमाडौं- नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ को अधिवेशनका रूपमा

भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

चितवन– भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय