दूध अभावमा तीन महिनादेखि चितवन मिल्क बन्द « Khabarhub

दूध अभावमा तीन महिनादेखि चितवन मिल्क बन्द


९ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

चितवन – दूधको अभाव भएपछि यहाँको चितवन मिल्क उद्योग तीन महिनादेखि बन्द छ । डेरी र सहकारीहरूले ल्याएको दूध प्रशोधन गरेर पाउडर र नौनी उत्पादन गर्दै आएको उद्योग दूध नआएपछि बन्द भएको हो ।

उद्योगले डेरी र सहकारीहरूले ल्याएको दूध निश्चित शुल्क लिएर प्रशोधन गर्दै आएको थियो । उद्योगका प्रबन्धक दुर्गा पराजुलीका अनुसार गत वर्षमा असार र साउनमा दूधको अभावमा बन्द हुने गरेको भए पनि यस वर्ष वैशाखबाट नै उद्योग बन्द भएको हो । उद्योगमा डेरी र सहकारीले राखेको नौनी र पाउडर दूध सकिने अवस्थामा पुगेको छ । नौनी खासै मौज्दात नभएको भन्दै उनले पाउडर दूध एक हजार बोरा बाँकी रहेको बताए ।

विगत वर्षहरूमा यतिबेला ५०० टन नौनी र छ हजार बोरा हाराहारी पाउडर दूध मौज्दात हुने गर्दथ्यो । चितवन, मकवानपुर, नवलपरासी, रूपन्देहीलगायत जिल्लाबाट यहाँ दूध आउने गर्दछ ।

भरतपुर महानगरपालिका–१ ठिमुरामा उद्योग रहेको छ । विसं २०७५ देखि उद्योगले डेरी र सहकारीको दूध शुल्क लिएर प्रशोधन गर्ने काम गरिरहेको छ । प्रतिलिटर पाउडर दूधको रु ११३ र घ्यू ९बटर० को प्रतिकिलो रु ५५ लिएर उद्योगले प्रशोधन गर्दै आएको छ । भदौबाट दूध आउने प्रतीक्षामा आफूहरू रहेको पराजुली बताउनुहुन्छ । उद्योगमा ३३ जना कर्मचारी छन् ।

विसं २०६४ मा स्थापना भएको सो उद्योग २०७२ सालमा आएको भूकम्पसँगै बन्द भएको थियो । बन्द हुनुअघि उद्योग आफैँले दूध खरिद गरेर प्रशोधन गरी बजारमा बिक्री गर्दै आएको प्रबन्धक पराजुलीले बताए ।

जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ चितवनका अध्यक्ष किशोर बगालेका अनुसार भारतीय सीमा क्षेत्रबाट दूध भारततर्फ गएकाले नेपालमा दूधको सञ्चिति नभएको हो । भारतमा अहिले दूधको अभाव छ । यहाँको दूधले बजार पाइरहेको छ । जसका कारण प्रशोधनका लागि दूध अभाव छ । किसानले राम्रो मूल्य पाएको उनले बताए ।

प्रकाशित मिति : ९ श्रावण २०८३, शनिबार  ९ : ०७ बजे

पहिरोपछि बनेको अस्थायी ताल फुट्यो, प्रहरीले भन्यो : उद्धार रोकेर सुरक्षित स्थानमा जानू

काठमाडौं- नेपाल–चीन सीमा क्षेत्रमा पहिरोपछि बनेको अस्थायी ताल फुटेपछि चीनले

हाइड्रोको सुरुङमा फसेकालाई यसरी निकाल्यो सेनाले

काठमाडौं– रसुवास्थित जलविद्युत् आयोजना (हाइड्रो) को सुरुङ (टनेल) भित्र बाढीका

चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला

चितवन– रसुवा बाढीका कारण त्रिशूली तथा नारायणी नदीमा १७८ शव

रसुवाको भोटेकोसीमा राहतका लागि सरकारी संयन्त्रसँग समन्वय गर्न आग्रह

काठमाडौं– रसुवाको भोटेकोसीमा बाढीपीडितका लागि राहत तथा उद्धार कार्यलाई व्यवस्थित

रसुवा बाढी : अष्ट्रेलियाको ५० लाख डलर सहायता घोषणा, प्राविधिक टोली नेपाल आउने

काठमाडौं- रसुवा बाढीबाट प्रभावितका लागि अष्ट्रेलिया सरकारले ५० लाख डलर बराबरको