मलेसियाको एउटा बिरुवाबाट सुरु भएको खेती : वार्षिक ३० टन ड्रागन फ्रुट उत्पादन « Khabarhub

मलेसियाको एउटा बिरुवाबाट सुरु भएको खेती : वार्षिक ३० टन ड्रागन फ्रुट उत्पादन


९ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

सुनसरी- आकर्षक बगैँचा, लटरम्म फलेका फल अनि ओठमा मीठो मुस्कान। सुनसरीको रामधुनी–७ का कृपाश्वर घले गुरुङको पछिल्लो पहिचान यही हो।

भारतीय सेनामा २८ वर्ष सेवा गरेर अवकाश लिएका कृपाश्वरले २०७४ सालमा ‘सर्जुमा ड्रागन फ्रुट कृषि फार्म’ स्थापना गरी व्यावसायिक खेती थालेका थिए। दुई बिघा क्षेत्रफलमा फैलिएको फार्मबाट उनले अहिले वार्षिक ५५ देखि ६० लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन्।

करीब २२ वर्षअघि मलेसियाबाट ल्याइएको रातो पिङ प्रजातिको एउटा बिरुवाबाट सुरु भएको उनको यात्रा अहिले ५ सय बोटमा फैलिएको छ। “अन्य फलफूलले वर्षमा एकपटक मात्र उत्पादन दिन्छन्, तर ड्रागन फ्रुटले वैशाखदेखि कात्तिकसम्म ९ देखि १० पटकसम्म फल दिन्छ,” कृपाश्वरले भने, “बत्ती जडान गरेर बेमौसममा पनि ३–४ पटक फल फलाउन सकिन्छ।”

फार्म सञ्चालन, मल, औजार र मजदुरका लागि वार्षिक ८ देखि ९ लाख रुपैयाँ खर्च हुने गरे पनि उत्पादन र बिरुवा बिक्रीबाट मनग्गे आम्दानी हुने गरेको छ। गत वर्ष २७ मेट्रिकटन फल उत्पादन भएकामा यस वर्ष ३० मेट्रिकटन नाघ्ने उनको अनुमान छ। उत्पादित फल खुद्रा प्रतिकेजी ३५० र थोकमा ३०० रुपैयाँमा बिक्री हुने गरेको छ भने बेमौसममा ५०० रुपैयाँसम्म पुग्छ। वार्षिक ४ लाख रुपैयाँभन्दा बढीको त बिरुवा मात्रै बिक्री हुने गरेको उनले बताए।

उत्पादित फल काठमाडौँ, पोखरा, हेटौँडा, बुटवलका साथै धरान, इटहरी र विराटनगरका स्थानीय बजारमा खपत हुने गरेको छ। उनको खेतीमा २ जना स्थायी र आवश्यकता अनुसार दैनिक ८-९ जना मजदुरले रोजगारी पाएका छन्।

ड्रागन फ्रुट खेतीमा पुर्‍याएको योगदानबापत कृपाश्वरले एक दर्जनभन्दा बढी उत्कृष्ट किसान सम्मान पाइसकेका छन्। उनको सफलताबाट प्रेरित भई रामधुनी–७ मा मात्रै १० भन्दा बढी घरधुरीले यसको व्यावसायिक खेती सुरु गरिसकेका छन्।

“अल्छी नगरी मेहनत गर्दा नेपालमै राम्रो आम्दानी गर्न सकिन्छ, विदेश पलायन हुनुपर्दैन,” उनी भन्छन्, “छोटो समयमा राम्रो प्रतिफल चाहनेका लागि ड्रागन फ्रुट खेती उत्तम विकल्प हो।”

प्रकाशित मिति : ९ भाद्र २०८३, मंगलबार  ६ : १४ बजे

पृथ्वी र बिपी राजमार्गमा सास्ती: देशभरका कुन सडकको अवस्था के छ ?

काठमाडौँ – बाढी, पहिरो तथा सडक मर्मतका कारण देशका विभिन्न

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मुगुमा तीन घण्टाको फरकमा चार म्याग्निच्युडका दुई भूकम्प

काठमाडौँ – मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर बुधबार बिहान लगातार

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउनेबारे छलफल हुने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाही– सर्लाहीको सिर्सियामा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु