मधेस प्रदेश सरकारले प्रहरीलाई १२ पिकअप हस्तान्तरण « Khabarhub

मधेस प्रदेश सरकारले प्रहरीलाई १२ पिकअप हस्तान्तरण


९ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले नेपाल प्रहरीलाई १२ वटा पिकअप सवारीसाधन हस्तान्तरण गरेको छ ।

मन्त्रालयले सोमबार जनकपुरधाममा आयोजित कार्यक्रममा मधेस प्रदेशका आठवटै जिल्लाका लागि एक–एक वटा, सर्लाहीका लागि दुई वटा सवारीसाधन प्रदान गरेको हो । यस्तै, रौतहटका चन्द्रपुर र गरुडा इलाका प्रहरी कार्यालयका लागि एक–एक गरी १२ वटा पिकअप हस्तान्तरण गरेको हो ।

गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले प्रदेशको शान्ति, सुरक्षा तथा नागरिकको जीउधनको संरक्षण गर्नु प्रदेश सरकारको प्राथमिकता रहेको बताए । प्रहरीलाई आवश्यक स्रोतसाधन उपलब्ध गराउनु प्रदेश सरकारको दायित्व र प्राथमिकता भएको उनको कथन थियो ।

‘प्रहरीको क्षमता अभिवृद्धि र स्रोतसाधन सुदृढीकरणका लागि मन्त्रालयको सहयोग निरन्तर रहनेछ’, मन्त्री महतोले भने ।

उनले मन्त्रालयले यसअघि पनि प्रहरीका लागि सवारीसाधन तथा अन्य आवश्यक सामग्री उपलब्ध गराउँदै आएको जानकारी दिँदै आगामी दिनमा सहयोग निरन्तर रहने जानकारी दिए ।

प्रहरी नायब महानिरीक्षक ओमप्रसाद अधिकारीले प्रदेश सरकारले उपलब्ध गराउँदै आएको सवारीसाधनलगायत स्रोतसाधनले शान्तिसुरक्षा कायम गर्न प्रहरीलाई सहयोग पुगेको बताए । मन्त्रालयका स्टोर शाखाका अधिकृत अविनिशकुमार मिश्रका अनुसार हस्तान्तरण गरिएका १२ वटा पिकअपको मूल्य भ्याटसहित चार करोड ६८ लाख ६० हजार रहेको छ ।

यसैगरी, केही दिनपछि प्रहरीले गस्ती गर्न सहज होस् भन्ने उद्देश्यले मन्त्रालयले ७० वटा मोटरसाइकल हस्तान्तरण गर्ने तयारी गरिरहेको योजना शाखाका अधिकृत राधेश्यामप्रसाद पालले जानकारी दिए । कार्यक्रममा गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव डा. विन्देश्वरप्रसाद लेखकको सहभागिता थियो ।

प्रकाशित मिति : ९ भाद्र २०८३, मंगलबार  ७ : ५४ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित