‘डन ३’ विवादमा रणवीर सिंह, ४५ करोड क्षतिपूर्तिको दाबीपछि ईम्पामा पुग्यो मुद्दा « Khabarhub

‘डन ३’ विवादमा रणवीर सिंह, ४५ करोड क्षतिपूर्तिको दाबीपछि ईम्पामा पुग्यो मुद्दा


९ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउड अभिनेता रणवीर सिंहको फिल्म ‘डन ३’ बाट बाहिरिने निर्णय अहिले कानुनी विवादमा परिणत भएको छ। 

फिल्म निर्माण कम्पनी एक्सेल इन्टरटेनमेन्टले रणवीरबाट करिब ४५ करोड रुपैयाँ क्षतिपूर्ति माग गरेपछि विवाद इन्डियन मोसन पिक्चर प्रोड्युसर्स एसोसिएसन (ईम्पा) सम्म पुगेको हो।

रणवीर फिल्मबाट अलग भएपछि निर्माणको तयारी, व्यवस्थापन तथा अन्य काममा भएको आर्थिक क्षतिका आधारमा एक्सेलले क्षतिपूर्तिको दाबी गरेको बताइएको छ।

विवादमा रणवीरको पक्ष राख्न उनका पिता जगजीत सिंह भवानी अगाडि आएका छन्। उनले गत अगस्ट १८ मा ईम्पाका अधिकारीहरूसँग भेट गरी रणवीरको तर्फबाट आवश्यक कागजात तथा प्रमाण बुझाएका थिए। ईम्पाका अध्यक्ष अभय सिन्हाका अनुसार उक्त भेट सकारात्मक रहे पनि विवादसँग सम्बन्धित कागजात र दाबीहरूको अध्ययन भइरहेको छ।

तर, रणवीरको कानुनी टोलीले भने ईम्पाको हस्तक्षेपमै प्रश्न उठाएको छ। टोलीका अनुसार रणवीर र एक्सेलबीच फिल्मका लागि औपचारिक सम्झौता नभई केवल समझदारीपत्र (एमओयू) भएको थियो। त्यसैले ४५ करोड रुपैयाँ क्षतिपूर्तिको माग कानुनी रूपमा आधारहीन रहेको रणवीर पक्षको दाबी छ।

रणवीरको टोलीले ईम्पालाई विवादमा हस्तक्षेप नगर्न आग्रह गर्दै उनीविरुद्ध कुनै निर्णय वा प्रस्ताव पारित गरिए कानुनी बाटो अपनाउने चेतावनीसमेत दिएको छ।

ईम्पाको कानुनी टोलीले दुवै पक्षबाट प्राप्त कागजात र दाबीको अध्ययन गरिरहेको छ। यसबारे आगामी साता थप जानकारी सार्वजनिक गर्ने तयारी गरिएको बताइएको छ।

अब ईम्पाको अध्ययनपछि विवाद कसरी अघि बढ्छ भन्ने चासो बढेको छ। आपसी छलफलबाट समाधान ननिस्किए ‘डन ३’ सम्बन्धी यो विवाद अदालतसम्म पुग्न सक्ने सम्भावना देखिएको छ।

प्रकाशित मिति : ९ भाद्र २०८३, मंगलबार  २ : १० बजे

बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

बागलुङ– बागलुङमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

आज २०८३ साल असोज २० गते मंगलबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज २० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २० गते मंगलबार सन् २०२६

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा