अमेरिकी प्रतिबन्धबारे चीनले भन्यो : इरानसँगको सहकार्य अन्तर्राष्ट्रिय कानुनअनुसार « Khabarhub

अमेरिकी प्रतिबन्धबारे चीनले भन्यो : इरानसँगको सहकार्य अन्तर्राष्ट्रिय कानुनअनुसार


९ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- इरानमाथि अमेरिकाले पछिल्लो पटक लगाएको प्रतिबन्धबारे अर्को शक्ति राष्ट्र चीनले मुख खोलेको छ।

अमेरिकाले इरानमाथि दोस्रो विश्वयुद्धयताकै कठोर प्रतिबन्ध लगाउने तयारी गरिरहेका बेला चिनियाँ विदेश मन्त्रालयले तेहरानसँगको सहकार्य सधैँ अन्तर्राष्ट्रिय कानुनको दायराभित्र रहेको जनाएको छ।

चीन इरानको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो। इरानले निर्यात गर्ने तेलको ठूलो हिस्सा चीनले खरिद गर्दै आएको छ।

चीनले युद्ध अन्त्यका लागि निरन्तर संवादको पक्षमा वकालत गर्दै आएको छ। प्रतिबन्ध र धम्कीले द्वन्द्व समाधान गर्न नसक्ने बेइजिङको भनाइ छ।

सोमबार चीनले आफ्नो ‘वैधानिक अधिकार र हित’ को निरन्तर संरक्षण गर्ने जनाएको थियो।

इरानमाथि पछिल्ला प्रतिबन्धमा के छन्?

अमेरिकाले सोमबार इरानमाथि ‘आर्थिक आक्रमण’ सुरु गरेको घोषणा गर्दै इरानी सरकारलाई सहयोग गर्ने ‘हरेक वित्तीय स्रोत’ बन्द गर्ने प्रतिबद्धता जनाएको छ।

अमेरिकी अर्थ मन्त्रालयका अनुसार नयाँ प्रतिबन्ध इरानको उड्डयन, डिजिटल सम्पत्ति, सुन, प्रविधि र समुद्री ढुवानी क्षेत्रमा केन्द्रित छन्। साथै ६० जना व्यक्ति तथा पानीजहाजलाई पनि प्रतिबन्धको सूचीमा राखिएको छ।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानसँग व्यापार गर्ने साझेदारहरूलाई समेत ‘दोस्रो तहका प्रतिबन्ध’ लाग्न सक्ने बताएका छन्। प्रतिबन्धमा सिंगापुर, चीन र हङकङसँग सम्बन्धित वा त्यहाँ आधारित पानीजहाजसमेत परेका छन्।

नयाँ समुद्री प्रतिबन्ध इरानसँग सम्बन्धित सरकारी स्वामित्वका पानीजहाजमाथि लक्षित छन्। अमेरिकी अर्थ मन्त्रालयले ती जहाजमार्फत तेलका साथै ‘संवेदनशील हतियारका सामग्री’ समेत ओसारपसार हुने आरोप लगाएको छ।

प्रविधिसम्बन्धी प्रतिबन्धले इरानलाई उसको हतियार कार्यक्रमका लागि प्रयोग हुन सक्ने सामग्री खरिद गर्न रोक्ने उद्देश्य राखेको छ।

उड्डयन क्षेत्रमा लगाइएको प्रतिबन्ध इरानी विमान कम्पनीहरूमाथि केन्द्रित छ। ती कम्पनीले हतियार, सैन्य तथा तेहरान समर्थित सशस्त्र समूहका लागि आर्थिक स्रोत ओसारपसार गर्ने गरेको अमेरिकाको दाबी छ।

यसैगरी, वासिङ्टनले इरानमाथि जारी प्रतिबन्धका केही व्यापक छुटसमेत अनिश्चितकालका लागि निलम्बन गरेको छ। ती छुटमा शैक्षिक आदानप्रदान, व्यक्तिगत रकम स्थानान्तरण र केही खेलकुद गतिविधि समावेश थिए।

प्रकाशित मिति : ९ भाद्र २०८३, मंगलबार  २ : १५ बजे

भ्रष्टाचार नियन्त्रण गर्न सक्ने कांग्रेस बनाउन केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : निर्मला बास्ताकोटी

काठमाडौँ – नेपाली कांग्रेसकी नेत्री निर्मला बास्ताकोटीले भ्रष्टाचार नियन्त्रण गर्न

ओमान ‘ए’ लाई दुई विकेटले हराउँदै नेपाल विजयी

काठमाडौँ– आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय

सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता

तान्जानिया – तान्जानियाको अरुसामा आयोजित अन्तर–संसदीय सङ्घ (आईपीयू) को १५३औँ

गगन थापाको घोषणा-‘कांग्रेसमा आजदेखि सबै गुट सकिए, अब कुनै समूह छैन’

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र रहेका सबै