इरानी आम्दानीका ५ क्षेत्रमा अमेरिकी प्रतिबन्ध, व्यापार गर्ने देशलाई पनि कारबाहीको चेतावनी « Khabarhub

इरानी आम्दानीका ५ क्षेत्रमा अमेरिकी प्रतिबन्ध, व्यापार गर्ने देशलाई पनि कारबाहीको चेतावनी


९ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेहरान- अमेरिकाले इरानको आम्दानीका ५ क्षेत्रमा प्रतिबन्ध लगाएको छ। यी प्रतिबन्ध लगाइएका क्षेत्रमा व्यापार गर्ने देशलाई पनि अमेरिकाले कारबाहीको चेतावनी दिएको छ।

अमेरिकाले इरानको अर्थतन्त्रका पाँच महत्वपूर्ण क्षेत्रमा नयाँ प्रतिबन्ध लगाएको हो। यी क्षेत्रमार्फत इरानले अन्य देशसँग आर्थिक गतिविधि सञ्चालन गर्दै आएको अमेरिकी दाबी छ।

नयाँ प्रतिबन्ध डिजिटल सम्पत्ति (क्रिप्टोकरेन्सी), प्रविधि, सुन, उड्डयन र समुद्री ढुवानी क्षेत्रमा केन्द्रित छन्। अमेरिकाले यी क्षेत्रमार्फत हुने इरानको आम्दानी र अन्तर्राष्ट्रिय कारोबार रोक्ने उद्देश्य राखेको छ।

यदि कुनै देश वा कम्पनीले यी क्षेत्रमा इरानसँग यस्तो कारोबार गरेर इरानलाई आर्थिक लाभ भए त्यसमाथि पनि प्रतिबन्ध लगाउन सकिने चेतावनी अमेरिकाले दिएको छ। त्यस्ता संस्थालाई अमेरिकी डलरमा आधारित वित्तीय प्रणालीबाट समेत अलग गर्न सकिने चेतावनी वाशिङ्टनले दिएको छ।

यद्यपि अमेरिकाले अहिलेसम्म कुन–कुन देशमाथि ‘सेकेन्डरी प्रतिबन्ध’ लगाइने हो भन्ने स्पष्ट गरेको छैन। चीन, टर्की र संयुक्त अरब इमिरेट्स (यूएई) इरानका प्रमुख व्यापारिक साझेदार हुन्।

‘अब इरानसँग दुईवटा बाटो’

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले ‘अपरेसन इकोनोमिक आउटकास्ट’ सुरू गरिएको बताएका छन्। उनका अनुसार यो इरान र उसका सहयोगी देशविरुद्ध सञ्चालन गरिएको अभियान हो।

उनले इरानसामु अब दुईवटा विकल्प रहेको बताएका छन्। पहिलो, विश्वबाट पूर्ण रूपमा अलग्गिएर निर्वाहमुखी अर्थतन्त्रमा सीमित हुने र दोस्रो, सामान्य अवस्थामा फर्किने तथा विश्व अर्थतन्त्रमा पुनः सहभागी हुने अवसर खोज्ने।

‘दोस्रो प्रतिबन्ध’ले इरानसँग व्यापार गर्न किन कठिन हुन्छ?

अमेरिकाले लगाउने ‘दोस्रो तहको प्रतिबन्ध’को असर इरानमा मात्र सीमित हुँदैन। कुनै विदेशी कम्पनीले अमेरिकाले प्रतिबन्ध लगाएको कारोबार इरानसँग गरेमा उक्त कम्पनीमाथि पनि अमेरिकी कारबाही हुन सक्छ।

अमेरिकाको सबैभन्दा ठूलो दबाब उसको डलर र बैंकिङ प्रणालीमार्फत हुने गर्छ। कुनै कम्पनीमाथि प्रतिबन्ध लागेपछि अमेरिकी बैंक तथा कम्पनीसँग कारोबार गर्न कठिन हुन सक्छ। कतिपय अवस्थामा अमेरिकी वित्तीय प्रणालीमा पहुँचसमेत रोक्न सकिन्छ।

यसको अर्थ भारतीय, चिनियाँ, टर्की वा यूएईका कम्पनीहरूले इरानसँग कारोबार जारी राख्दा अमेरिकी बजार र बैंकिङ प्रणालीमा असर पर्ने जोखिम हुन्छ।

यही कारण धेरै कम्पनीहरूले अमेरिकी प्रतिबन्धको जोखिमबाट बच्न इरानसँगको कारोबार घटाउने वा दूरी कायम गर्ने गर्छन्।

भारतमा पर्न सक्ने असर

इरानसँग आर्थिक सम्बन्ध राखेका कारण छिमेकी भारतमाथि पनि अमेरिकी प्रतिबन्धको असर पर्न सक्ने सम्भावना छ। भारतबाट नेपालले पनि तेल किन्ने गर्छ। यस्तोमा भारतमा असर देखिए नेपालमा पनि पर्न सक्छ। तर यसको अर्थ भारत र नेपालमाथि तत्कालै प्रत्यक्ष अमेरिकी प्रतिबन्ध लाग्ने होइन।

१. तेल: भारतले इरानबाट कच्चा तेल खरिद गरेमा अमेरिकी प्रतिबन्धका कारण तेल खरिद र त्यसको भुक्तानी प्रक्रिया कठिन हुन सक्छ।

२. चाबहार बन्दरगाह: इरानको चाबहार बन्दरगाहमा भारतको रणनीतिक तथा व्यापारिक चासो छ। अमेरिकी प्रतिबन्धले यो परियोजनामा असर पार्न सक्छ।

३. डलरमा भुक्तानी: इरानसँग सम्बन्धित भारतीय कारोबारमा अमेरिकी वित्तीय प्रतिबन्ध लागेमा डलरमा कारोबार गर्न कठिन हुन सक्छ।

४. व्यापार: इरानसँग कारोबार गर्ने भारतीय कम्पनीहरूले अमेरिकी प्रतिबन्धसम्बन्धी नियम पालना गर्नुपर्ने दबाब बढ्न सक्छ।

५. कूटनीतिक दबाब: अमेरिकाले भारतलाई पनि इरानसँगको आर्थिक सम्बन्ध सीमित गर्न दबाब दिन सक्छ। यद्यपि भारतले आफ्नो राष्ट्रिय हित र ऊर्जा आवश्यकताका आधारमा निर्णय गर्नेछ।

प्रकाशित मिति : ९ भाद्र २०८३, मंगलबार  ३ : १० बजे

दक्षिण सुडानमा दुई शान्तिरक्षकको हत्या

एजेन्सी– दक्षिण सुडानको जोङ्लेई राज्यमा संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनको गस्तीमाथि

नाडा अटो शोमा थरिथरिका दुईपाङ्ग्रे, थरिथरिका हेल्मेट (तस्बिरहरू)

काठमाडौं– भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको नाडा अटो शो २०२६ मा

अभ्यास खेलमा मलेसियामाथि नेपाल ९ विकेटले विजयी

काठमाडौं– मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको तयारीमा

बढ्दो अराजकताको एक दृश्य : आकाशे पुलबाट बाटो काट्नु भन्दा सडकमै कुटिइन् ट्राफिक प्रहरी

काठमाडौं– सरकारको अकर्मण्यताका कारण पछिल्लो समय सडकमा अराजकता बढ्दै गएको

इरानी आम्दानीका ५ क्षेत्रमा अमेरिकी प्रतिबन्ध, व्यापार गर्ने देशलाई पनि कारबाहीको चेतावनी

तेहरान- अमेरिकाले इरानको आम्दानीका ५ क्षेत्रमा प्रतिबन्ध लगाएको छ। यी