जनैपूर्णिमामा कुम्भेश्वर बंगलामुखीमा मेला, व्यवस्थापन तयारी सुरु « Khabarhub

जनैपूर्णिमामा कुम्भेश्वर बंगलामुखीमा मेला, व्यवस्थापन तयारी सुरु


९ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आउँदो भाद्र १२ गते साउन शुक्ल पूर्णिमा अर्थात् जनैपुर्णिको अवसरमा ललितपुरको कुम्भेश्वर बंगलामुखीमा हुने मेलाको व्यबस्थापनको तयारी सुरु भएको छ ।

मेलाको व्यबस्थापनको तयारी ललितपुर महानगरपालिका ११ वडाले गरीरहेको वडाध्यक्ष अरुजु कुमार खड्गीले जानकारी दिए । उनले अहिले मन्दिर वरपर सरसफाइ, रंगरोगन र मर्मत संभारका कामहरु भइरहेको बताए। 

मेला भर्न आउनेले मन्दिर परिसरको कुण्डमा स्नान गर्ने भएकाले कुण्डमा पानी भर्ने काम भइरहेको समेत उनले बताए । 

कुम्भेश्वर मन्दिर परिसरमा रहेको कुण्डमा भगवान श्रीराम आएर आफ्नो बाणले प्रहार गरेर गोसँइकुण्डको पानी प्रवाहा गरेको किम्भदन्ती रहेको पाइन्छ । 

मेलाको सुरक्षाका लागि जनपथ प्रहरी, शसस्त्र प्रहरी र स्काउट लगाउतलाइ परिचालन गरिने अध्यक्ष खड्गीले जानकारी दिए । 

मेला भर्न आउने भक्तजनहरुका लागी गेट नम्नर १,२,३ र ४ गरी लाइनको व्यवस्थापन गरिएको उनले बताए ।

सनातन हिन्दू र बौद्ध धर्म मान्ने भक्तजनले कुम्भेश्वरलाई बज्रपानी लोकेश्वर भनेर पुज्ने गर्छन् । हरेक वर्ष कुम्भेश्वरमा मेला भर्न आउने भक्तजनहरुको घुँइचो लाग्ने गर्दछ । 

प्रकाशित मिति : ९ भाद्र २०८३, मंगलबार  ४ : ३६ बजे

नाडा अटो शोमा यामाहाका नयाँ भेरियन्ट सार्वजनिक हुँदै

काठमाडौं– यामाहाले नयाँ भेरियन्टहरू नाडा अटो शो २०२६ मा सार्वजनिक गर्ने

एक्सन दृश्य केन्द्रमा राखेर निखिलले सार्वजनिक गरे ‘आचार्य’को टिजर

काठमाडौं – नायक निखिल उप्रेतीको निर्देशनमा बनेको फिल्म ‘आचाय’को टिजर

गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, नवलपरासी (बर्दघाट–सुस्ता–पश्चिम) मा

महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा

काठमाडौं– काठमाडौँको बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गरेको आरोपमा

पत्नीले बोलाएपछि पुगेका सेनाका अधिकारीले विद्यार्थीलाई कुटे, सरकारी पेस्तोलबाट गोली चलाए

पेशावर- पाकिस्तानको इस्लामाबादस्थित सरहद युनिभर्सिटीको रावत क्याम्पसमा विद्यार्थी प्रदर्शनका क्रममा