महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा « Khabarhub

महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा


९ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँको बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गरेको आरोपमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा जुम्लाको तातोपानी गाउँपालिका–२ घर भई हाल काठमाडौँ महानगरपालिका–१० बानेश्वर बस्दै आएका २७ वर्षीय राज कठायत रहेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार आज बानेश्वर चोकमा ड्युटीमा खटिएकी महिला प्रहरी जवानले जथाभावी बाटो नकाटी आकाशेपुल प्रयोग गर्न अनुरोध गर्दा कठायतले उनीमाथि हातपात गरेका थिए ।

‘कठायतले महिला प्रहरीमाथि हातपात गरेकाले नियन्त्रणमा लिएका छौँ, घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान तथा सोधपुछ भइरहेको छ’, प्रवक्ता थापाले भने।
 

प्रकाशित मिति : ९ भाद्र २०८३, मंगलबार  ५ : ०४ बजे

घटस्थापनाका लागि सामग्री खरिदबिक्री गर्नेको चहलपहल (तस्बिरहरू) 

काठमाडौं- बडा दसैँको घटस्थापनाको अघिल्लो दिन काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा

भारतमा निर्वाचन प्रमुखको राजीनामा माग्दै प्रदर्शन, दिल्लीमा सुरक्षा कडा

नयाँदिल्ली– भारतमा मतदाता नामावली पुनरावलोकनका क्रममा अनियमितता भएको आरोप लगाउँदै

बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले १ करोड ५० लाख डलर अनुदान दिने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले थप एक करोड

इथियोपियामा भएको हिंसा रोक्न राष्ट्रसंघको आग्रह

एजेन्सी – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इथियोपियाको उत्तरी क्षेत्रमा पुनः

सडक अवरुद्ध भएपछि यात्रुवाहक सवारीलाई प्राथमिकता

हेटौँडा– मुग्लिङ-काठमाडौँ सडकखण्ड अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौँ आवतजावत गर्ने