अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग « Khabarhub

अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग


९ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की – बाढीपहिरोलगायत विपद्बाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनाका लागि कास्कीको अन्नपूर्ण गाउँपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा सहयोग जुट्न थालेको छ ।

अन्नपूर्ण गाउँपालिका–११ मा क्रियाशील छोम्रोङ पर्यटन व्यवस्थापन समितिले मंगलबार कोषमा रु दुई लाख ५० हजार नगद सहयोग गरेको हो ।

गाउँपालिकाका विभिन्न क्षेत्रमा बाढीपहिरो तथा अन्य विपद्का कारण भएको क्षतिको पुनःनिर्माण, प्रभावित परिवारको राहत, उद्धार र पुनःस्थापनाका लागि गाउँपालिकाले विपद् व्यवस्थापन कोष स्थापना गरी सहयोगको आह्वान गरेको छ ।

गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले विपद्का बेला सहयोगी हातहरू बढ्दै गएको बताए। उनले छिमेकी गाउँपालिकाहरूबाट समेत सहयोग गर्ने प्रतिबद्धता आएको जानकारी दिए ।

अध्यक्ष केसीका अनुसार बाढीका कारण जोखिममा परेको बिरेठाँटी बस्ती संरक्षण तथा क्षतिग्रस्त सडक पुनःनिर्माणको काम सोमबारदेखि सुरु भएको छ । मोदीखोलाको कटानका कारण बस्ती तथा सडक संरचना जोखिममा परेपछि गण्डकी प्रदेश सरकार र गाउँपालिकाको पहलमा तत्काल संरक्षण तथा पुनःनिर्माणको काम अघि बढाइएको हो ।

बस्ती संरक्षणका लागि ग्याबिन जालीमा ढुङ्गा भर्ने काम भइरहेको छ। उक्त निर्माण कार्यमा नेपाली सेनाका १०० जना जनशक्ति परिचालन गरिएको छ ।

बाढीका कारण मोदीखोलाले आफ्नो बहाव परिवर्तन गरी बस्तीको दिशातर्फ सोझिएपछि केही दिनअघि जेसिबीको प्रयोग गरेर नदीलाई पुनः पुरानै धारमा फर्काइएको थियो ।

सेनाको सहयोगमा ग्याबिन जाली निर्माणलाई तीव्रता दिई बस्तीलाई सुरक्षित बनाउने तथा अवरुद्ध बिरेठाँटी–घान्द्रुक र घोरेपानी सडकलाई यथाशीघ्र सञ्चालनमा ल्याउने लक्ष्य रहेको अध्यक्ष केसीले बताए ।

“विपद्जन्य घटनाका कारण गाउँपालिकाभित्रका सडक, पुल, होटललगायत भौतिक संरचनामा ठूलो क्षति पुगेको छ। पालिका एक्लैको प्रयासले सबै काम सम्भव नभएपछि विपद् व्यवस्थापन कोष स्थापना गरेका छौँ,” उनले भने, “प्रभावित परिवारको राहत, उद्धार र पुनःस्थापनाका लागि व्यक्ति, संघसंस्था तथा सबै सरोकारवालालाई सहयोग गर्न अपिल गरेका छौँ।”

गाउँपालिकाले कोषमा प्राप्त रकमलाई विपद् प्रभावित परिवारको राहत तथा उद्धारसँगै पुनःनिर्माण र पुनःस्थापनाका काममा प्राथमिकताका साथ परिचालन गर्ने जनाएको छ ।

यस वर्ष अन्नपूर्ण गाउँपालिकाका विभिन्न क्षेत्रमा बाढीपहिरोका कारण बस्ती, सडक, पुल तथा निजी संरचनामा ठूलो क्षति पुगेको छ। गत साउन २८ गते आएको बाढीले अन्नपूर्ण–८ स्थित बिरेठाँटी बजार क्षेत्रमा कटान गर्दा बस्ती जोखिममा परेको थियो ।

बाढीले बिरेठाँटी क्षेत्रमा करिब १०० मिटर सडकसमेत बगाएपछि बिरेठाँटी–घान्द्रुक सडक सम्पर्क विच्छेद भएको छ। बिरेठाँटी घान्द्रुक, छुम्रुङ तथा अन्नपूर्ण आधार शिविर (एबिसी) जाने प्रमुख प्रवेशमार्ग भएकाले सडक अवरुद्ध हुँदा पर्यटकीय गतिविधिमा समेत असर परेको छ।

त्यसैगरी बिरेठाँटी हुँदै तिखेढुङ्गा, उल्लेरी भएर म्याग्दीको प्रसिद्ध घोडेपानी तथा पुनहिल जाने मार्गसमेत प्रभावित भएपछि पर्यटक आवागमन घटेको छ । सडक अवरुद्ध हुँदा स्थानीय जनजीवन र पर्यटन व्यवसायसमेत प्रभावित बनेको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०८३, मंगलबार  ९ : ३७ बजे

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ

कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी

काठमाडौँ – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि कर्जाको